चर्चामा प्रियंका को गित

बुधबार, बैशाख २४, २०७१ मा प्रकाशित
aawaran_medianp_750x200

मिडिया एनपी काठमाण्डौ , पछिल्लो समय नायिका प्रियंका कार्की को चर्चा चुलिदै गएको छ । कारण उनि अभिनित फिल्मले बर्ष २०७० मा सफलता हात पारे । वर्ष २०७१ मा प्रदर्शनमा आउने फिल्म ‘आवरण’ लाई लिएर पनि यति बेला नायिका कार्की चर्चामा छिन । उनि यस फिल्ममा आफु अलि फरक भूमिकामा प्रस्तुत भएको बताउदै आएकी छिन ।

यस फिल्म मा उनले गाएको गित ‘छोपिएको सत्य’ ले चर्चा पाईरहेको छ । झन्डै १ महिना को अबधिमा उक्त गीतलाई १ लाख २८ हजार भन्दा बढीले हेरी सकेका छन् भने गित बाट आएको प्रतिक्रियाले नायिका कार्की उत्साहित छिन । आफ्नो सानै बाट गाउने सोख भएता पनि पछी व्यस्तताले गर्दा गायनलाई निरन्तरता दिन न पाएको उनि बताउछिन । यदपि आगामी दिनमा भने मौका मिले गायनमा पनि आउने प्रियंका बताउछिन ।
priyanka karki
सुबास कोइराला निर्देशित यस फिल्ममा अनिल योन्जन , प्रतिभा योन्जन , रोजन श्रेष्ठ , सबिता राई र लक्ष्मी लामाको लगानी रहेको छ । फिल्म मा प्रियंका संगै दिव्य देव , सिमोन जंग मल्ल , राजन इसान , सुशील राज पाण्डे , रश्मि भट्ट , निर्देशक द्वय एम एस अग्रज र नरेश पौडेल सहित बालकलाकार अनुभव र आचल केसीको अभिनय रहेको छ । रहस्यमय कथामा आधारित यस फिल्ममा कथा निर्माता अनिल योन्जन कै रहेको छ भने छायांकन हरि हुमागाई को रहेको छ ।

Likes(0)Dislikes(0)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 − = 55

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>