‘आवरण’ हेरे पछी सिनेकर्मीले दिए यस्तो प्रतिक्रिया

शुक्रबार, जेष्ठ २, २०७१ मा प्रकाशित
awaran team 3

मिडिया एनपी काठमाण्डौ , आज बाट प्रदर्शनमा आएको फिल्म ‘आवरण’ले सुरुवाती ब्यापार राम्रो गरेको फिल्म युनिटले जनाएको छ । दर्शक माझ प्रतिक्षित फिल्मको सुचिमा पर्न सफल ‘आवरण’ ले प्रदर्शनको पुर्व सन्ध्यामा ‘बिशेष शो’ समेत आयोजना गरेको थियो । फिल्म हेरी सके पश्चात ‘बिशेष शो’ हेर्न आइपुगेका सञ्चारकर्मी तथा फिल्मकर्मीले राम्रो प्रतिक्रिया दिएका छन् ।

अधिकांस ले फिल्मको ग्राफिक्सको तारिफ गरेका छन् । कमै मात्रामा नेपाली फिल्म भित्र देखाइने सस्पेन्स , थ्रिल र हरर यसमा देखाइएको छ । यसलाई सुबास कोइरालाले निर्देशन गरेका हुन् भने यसमा अनिल योन्जन , प्रतिभा योन्जन , लक्ष्मी लामा , सबिता राइ र रोजन श्रेष्ठको लगानी रहेको छ । यसमा प्रियंका कार्की मुख्य भूमिका देखिएकी छिन ।
priyanka karki
रहस्यमय फिल्मको कथा प्रियंका वरिपरी नै घुम्छ । यसमा प्रियंका संगै दिव्य देव , सुशील राज पाण्डे , सिमोन जंग मल्ल , नरेश पौडेल , रश्मि भट्ट , सुनिता ठाकुर , राजन इशान र बालकलाकार अनुभव रेग्मी तथा आचल अग्रज केसीको मुख्य भूमिका रहेको छ । फिल्म हेरी सके पछी सञ्चारकर्मी तथा फिल्मकर्मीले सामाजिक संजालमा गरेको पोस्ट तथा बिभिन्न सञ्चार माध्यमलाई दिएको केहि प्रतिक्रिया यस्तो छ ।
aawaran fb comment
सुरज सिंह ठकुरी (अभिनेता तथा टेलिभिजनकर्मी ) – सोचेको भन्दा धेरै नै पाए ‘आवरण’ मेरो लागि सरप्राइज नै भयो । बनि रहेको फिल्म भन्दा यो केहि फरक छ । जुन दर्शकले नयाँ खालको फिल्म हेर्न चाहनु हुन्छ उहाहरुको लागो यो बिशेष छ ।

दायाहाङ राई (अभिनेता) – मैले इनजोय गरे सबैको काम राम्रो छ । स्टोरी टेलिंङग तथा कन्टेन को हिसाबले नयाँ एक्सपेरिमेन्ट हो भने दर्शकको लागि नया स्वाद । पहिलो सिनेमा ‘अपवाद’ मा झैँ यसमा पनि निर्देशक सुबासजी ले नया एक्सपेरिमेन्ट गर्नु भएको छ । प्रियंका लगायत सम्पूर्ण को अभिनयले चरित्र माथि न्याय गरेको छ ।

निशा अधिकारी (नायिका) – यो क्वालिटीको सस्पेन्स , हरर तथा थ्रिलर नेपाली मुभी हेरेको फर्स्ट टाईम नै हो । मलाइ एक दम राम्रो लाग्यो । धेरै ठाउमा म पनि डराए । हामि टेक्निकल्ली धेरै रिच भैसकेका रहे छौ । बिशेष गरि यसको ग्राफिक्सको पार्टलाई तारिफ गर्नै पर्छ । साथमा प्रियंका सहित अरुको अभिनय निकै राम्रो लग्यो ।

मिलन चाम्स (निर्देशक) – यो नेपाली फिल्ममा नयाँ प्रयोग हो । ‘आवरण’ हेरे पछी लग्यो टेक्निकल्ली रुपमा पनि हामि स्ट्रोंग हुन् सक्छौ भनेर । प्रियंका जी र नयाँ कलाकारहरु दिव्य देव , सिमोन जंग लगायतको अभिनय राम्रो छ । गित संगीत पनि राम्रो लग्यो ।

रबिन श्रेष्ठ (गायक/निर्माता) – फिल्म राम्रो छ । फर्स्ट टाईम नेपाली हरर थ्रीलर मुभी हेरियो । मेकिङ वाइज पनि निकै मेहनत गरिएको छ । हरर , सस्पेन्स र थ्रिल मन पराउने दर्शकलाई एक पटक फिल्म हेर्न आग्रह गर्दछु ।

सदिक्षा श्रेष्ठ (पुर्व मिस नेपाल) – मैले फर्स्ट नेपाली थ्रिलर मुभी हेरेको हो । मलाई निकै राम्रो लग्यो । फिल्मका कलाकारले आफ्नो पात्रलाई न्याय गर्नु भएको छ । मा धेरै ठाउमा झस्किए र केहि ठाउमा डराए पनि । समग्रमा मलाइ फिल्म राम्रो लग्यो ।

रेनशा राई (कोरियोग्राफर) – फिल्म हेर्दा ठिकै लाग्यो । प्रियंकाको अभिनय राम्रो छ । केहि ठाउमा कमि कमजोरी छ तर यो थ्रिलर मुभी भएकोले यसलाई कन्सिडर गर्नु पर्छ जस्तो लाग्छ ।

संयम पुरी (नायक) – फिल्म हेर्दा निकै डराए । टेक्निकल्ली केहि कुरामा गुनासो छैन निकै बलियो छ ‘आवरण’ । मुख्यतया सिनेम्याटोग्राफी , ब्याकराउण्ड स्कोर र डिरेक्सनको पार्ट निकै बलियो । फिल्म हेरी सके पछी ग्राफिक्स को तारिफ न गरि रहन सकिन्न । फिल्म राम्रो बनेको छ ।

Likes(0)Dislikes(0)


‘आवरण’ हेरे पछी सिनेकर्मीले दिए यस्तो प्रतिक्रिया” मा प्राप्त प्रतिकृयाहरू

  1. Pingback: आफ्नो र सुवासको सम्बन्धको बारेमा यस्तो भन्छिन प्रियंका | Medianp.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 3

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>