दयाहाङ र प्रियंका पपुलर , लाईफटाईम अचिभमेन्टबाट स्व. निर्देशक रेग्मी सम्मानित

सोमवार, जेष्ठ २६, २०७१ मा प्रकाशित
filmykhabar award 2071

मेडिया एनपी काठमाण्डौ , आज सम्पन्न ‘अनलाईन फिल्मीखबर अवार्ड २०७१’ मा लाईफटाईम अचिभमेन्ट अवार्डबाट स्व. निर्देशक शिव रेग्मीलाई सम्मान गरिएको छ । स्व. रेग्मीलाई यस क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरिएको ओफाले जनायो । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र प्रसाद रिजाल एवम बरिस्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट दिइएको स्व. रेग्मीको अवार्ड ग्रहण गर्न उनकी पत्नी ज्ञानु रेग्मी उपस्थित भएकी थिईन ।

यसका साथै बर्ष २०७० को पपुलर नायकको अवार्ड उचाल्न नायक दयाहाङ राई सफल भए भने नायिका तर्फ प्रियंका कार्कीले पपुलर नायिका अवार्ड पाइन् । यी दुई हाल अहिले फिल्म ‘फन्को’ मा व्यस्त छन् । अवार्ड पाइसके पछि प्रियंकाले सबैलाई धन्याबाद दिईन । ‘अघिल्लो बर्ष नव नायिकाको अवार्ड पाएको थिए , आज यहिबाट फेरी नायिकाको अवार्ड पाए । मलाई भोट गर्ने तपाई सम्पुर्णलाई धन्यबाद’ प्रियंकाले हर्षित हुदै सम्पूर्ण प्रति आभार व्यक्त गरिन ।
dayahang rai
यसै गरि पपुलर निर्देशकको अवार्ड ‘नाई न भन्नु ल २ ‘ बाट बिकास आचार्यले पाए भने नव निर्देशकको अवार्ड ‘होस्टेल’ बाट हेमराज बिसीले उचाले । यता नव नायकको अवार्ड ‘होस्टेल’ बाटै अनमोल केसीको पोल्टामा पर्यो भने नव नायिकाको अवार्डको हकदार ‘अन्तराल’ बाट अशिष्मा नकर्मी बनिन । क्रिटिक्स अवार्ड ‘मोक्ष’ बाट निर्देशक प्रविन श्रेष्ठले पाए भने उत्कृष्ट हलबाट प्रदर्शनको अवार्ड निलकण्ठ चलचित्र मन्दिरले प्राप्त गर्यो ।
priyanka karki_mn
पपुलर संगीतकारको अवार्ड बसन्त सापकोटाले प्राप्त गरे भने पपुलर कथा तर्फ ‘६ एकान ६’ बाट दिपकराज गिरि र जगदिश्वर थापाले अवार्ड हात पारे । यसका साथै पपुलर सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान , कस्ट्युम डिजाइनर निलिमा शर्मा , नृत्य निर्देशक कविराज गहतराज , फिल्म एडिटर बिपिन मल्ल , द्वन्द निर्देशक रोशन श्रेष्ठले अवार्ड हात पारे । यसै गरि पपुलर गायक तर्फ ‘नाई न भन्नु ल २’ बाट प्रेम परियारले अवार्ड उचाले भने गायिका तर्फ मिलन अमात्यले अवार्ड पाईन ।
filmykhabar award 2071_mntv

filmykhabar award 2071-mn

Likes(0)Dislikes(0)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 − = 15

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>