दुइ वटा फिल्महरूलाइ लिएर ऐश्वर्यालाइ टेन्सन

  •  
  •  
  •  
  •  
  •  

ais1

काठमाडौं, अहिले सम्म बलिउडको नयाँ फिल्म “जज्बा’ शुरू पनि भएको छैन तर ऐश्वर्या राय बच्चन अन्य भूमिकाहरूलाइ लिएर टेन्सनमा परेकी छन ।

प्रहरी भूमिकाहरूको बिषयबस्तुलाइ लिएर बनिरहेका दुइ वटा फिल्महरूमानै उनलाइ निकै बलियो रोलहरू दिइएको छ ।

यसमा एक फिल्म सुजोय घोषको फिल्म हो भने अर्को फिल्म प्रकाश झा को फिल्म । यस सम्बन्धमा कुरा गर्दै एक सूत्रले बताए अनुसार  “ऐश लाइ सुजोयले आफ्नो आगामी फिल्म दुर्गा रानी सिंह का लागी प्रस्ताव गरेका छन भने झा ले गंगाजल-२ का लागी उनलाइ अफर गरेका छन । चाहे जतिनै आकर्षक किन नहोस, यी दुबै भूमिकाहरू मिल्दा जुल्दा रहेका छन । जसमा उनले एउटा छान्नु पर्नेछ ।

अहिले सम्म फिल्म करिअरमा ऐश्वर्याले प्रहरी अधिकारी को भूमिका गरेकी छैनन ।  

बताइए अनुसार प्रकाश झा को “गंगाजल-२’ मा यहि भूमिकाका लागी प्रस्ताव काजोलकोमा समेत पुगेको छ ।  

अब दुइ फिल्ममा कुन एउटा फिल्म गर्ने भन्ने टेन्सनका बिचमा ऐश्वर्याले सुजोय वा झा कसको फिल्ममा खेल्छिन, त्यो भने समयलेनै बताउनेछ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments