बालिकालाइ अनुचित कार्य गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

  •  
  •  
  •  
  •  
  •  

सर्लाही, सर्लाही जिल्लामा एक जना बालिकालाई जवरजस्ती अनचित कार्य गरेको अभियोगमा एक युवा पक्राउ परेका छन । जिल्लाको राजघाट–८ घर भएका ज्ञानुदय एकेडेमीका प्रिन्सिपल ३४ बर्षीय गणेश श्रेष्ठलाई प्रहरीले यस अभियोगमा पक्राउ गरेको छ ।

निजले शनिबार राजघाट–९ बस्ने १४ बर्षीया बालिकालाई मामाघरबाट फर्की आउने क्रममा लालबन्दीमा सवारी साधन कुरिरहेको अवस्थामा घर पुर्यायाइदिन्छु भनी ललाई फकाई मोटरसाइकलमा राखी धनुषा लालगढस्थित गेष्ट हाउसमा लगेर जवरजस्ती अनुचित कार्य गरेको बताइएको छ । यस सम्बन्धमा पीडित बालिकाले ईलाका प्रहरी कार्यालय बरथहवामा आई निबेदन दिएपछि प्रहरीले निज श्रेष्ठलाई पक्राउ गरेको थियो ।

निज श्रेष्ठलाइ पक्राउ गरि प्रहरीले यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments