अफिसमा प्रयोग गर्न फेसबुकले नयाँ वेबसाइट बनाउँदै

  •  
  •  
  •  
  •  
  •  

facebook1

काठमाडौं, यदि तपाइँ अफिसमा फेसबुक प्रयोग गर्न सक्नुहुन्न भने तपाइँका लागी एउटा खुसीको खबर छ । अफिसमा प्रयोग गर्नका लागी कम्पनीले फेसबुकको नयाँ भर्जन बनाइरहेको छ । यस बेवसाइट संग सम्बन्धित एक सूत्रलाइ उद्धृत गर्दै यो समाचार फाइनान्शियल टाइम्सले दिएको हो ।  

उक्त रिपोर्टमा जनाइए अनुसार  “फेसबुकले गुप्त रूपमा अहिले एउटा एक नयाँ वेबसाइट बनाइरहेको छ, जसको ‘फेसबुक एट वर्क’ हो। यस वेबसाइटमा यूजरले आफ्ना अफिसका सहकर्मिहरूसंग च्याट गर्न सक्नेछन, प्रोफेशनल कन्ट्याक्टसंग जोडिइरहन सक्नेछन र कुनैपनि डक्युमेन्ट्समा मिलेर काम गर्न सक्नेछन । “
फेसबुकले गत महिना उसको त्रैमासिक मुनाफा करीब दुइगुणा बढेर ८०२ मिलियन डलर भएको बताएको थियो ।  

मार्क जुकरबर्गले त्यतिबेला भनेका थिए कि  ‘हामी भविष्यको तयारीका लागी निकै ठुलो ल गानी गर्न लागेका छौ, ताकि संसारका हरेक मानिसहरूलाइ एकसाथ जोडन सकियोस । संसारलाइ बुझ्न सकियोस र नयाँ पिँढीको कम्प्यूटिङ प्लेटफर्म्स बनाउन सकियोस । हामीले अझै लामो बाटो तय गर्नुछ ।’

फेसबुकले गत साता मात्र एक नयाँ टूल ‘Say Thanks’ सार्वजनिक गरेको थियो । जस मार्फत तपाइँ आफ्ना फेसबुक फ्रेन्ड्सलाइ नयाँ अन्दाजमा थ्याङ्कस् भन्न सक्नुहुन्छ ।  

 
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments