मसाज गर्न मन पराउने सिंह !

  •  
  •  
  •  
  •  
  •  

lion

काठमाडौ, एउटा वयस्क सिंहलाइ आफ्नो हेरविचार गर्ने व्यक्तिका साथमा खुट्टाको मालिस गर्न निकै मन पर्दछ । यसको यस्तो अबस्था देख्ने जो कोहीले पनि यो कुरा बिर्सन्छन किन यो एक खतरनाक नरभक्षी जानवर हो । यो चार बर्षीय सिंहको नाम तारिक हो।

जब यस सिंहका मालिक र यसको हेरविचार गर्ने जस्टिन फर्नान्डीजले यसको खुट्टामामा मालिस गर्दछन, यसले निकै मजा आएको अनुभव गर्दछ र उ आफ्नो पिठ्युको बलमा सुतेर लडिवुडी गर्दछ । तारिकलाइ काउकुती लगाउन पनि निकै मन पर्दछ ।  

यस सिंहलाइ लिएर एउटा भिडियो फुटेज खिचिएको छ । यसको घर दक्षिण अफ्रीकाको ग्रोबोलर्सदालमा रहेको छ, जुन जुगोमारो प्रीडेटर पार्कको नजिकै रहेको छ । उक्त भिडियो फिल्मलाइ अपलोड गर्ने व्यक्तिले बताए अनुसार तारिक र जस्टिन त्यतिबेला देखिनै निकै राम्रो साथी हुन, जतिबेला तारिक एक सानो बच्चा थियो । तर सबै सिंहहरूलाइ यति राम्रो सम्झिने भूल गर्नुपनि राम्रो भने हैन ।

सेप्टेम्बरको महीनामा पर्यटकहरूको समूहले आफ्नो जिवनको सबैभन्दा रमाइलो क्षण हेर्न पाएका थिए । त्यतिबेला एउटा सिंह दक्षिण अफ्रीकामा उनीहरू चढेको ट्रकको पछाडी कुदेको थियो ।  

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments