१० सेकेण्डको अन्तरङ्ग चुम्बनले ८ करोड ब्याक्टेरिया ट्रान्स्फर गर्छ !

  •  
  •  
  •  
  •  
  •  

kiss1
लण्डन, दस सेकेण्डको चुम्बनमा करिब ८० मिलियन (८ करोड) ब्याक्टेरिया एक मुखबाट अर्को मुखमा पुग्ने गर्दछ ।

हालै गरिएको एक नयाँ अध्ययनमा यस कुराको खुलासा भएको हो । यति मात्र हैन, यस प्रकारले दैनिक १० अन्तरङ्ग चुम्बन लिँदा जोडीहरूमा एकै प्रकारको ओरल ब्याक्टेरिया पाइन्छ ।  

नेदरल्याण्ड स्थित आर्गनाइजेशन फर अप्लायड साइन्टिफिक रिसर्च (टीएनओ) मा अध्ययनका प्रमुख लेखक रेम्को कोर्टले बताए अनुसार,  ‘अन्तरङ्ग चुम्बन आजको मानव व्यवहारमा महत्वपूर्ण कुरा भैसकेको छ । हामी यो कुरा जान्न चाहथ्यौं कि चुम्बन गर्ने समय कपल्स कति ओरल माइक्रोब्याक्टेरिया शेयर गर्दछन । ।’ माइक्रोब्ससंग सम्बन्धित संसारकै पहिलो संग्रहालय माइक्रोपियाका अनुसन्धानकर्ताहरूका साथमा कोर्टले आफ्नो यो अनुसन्धान २१ जोडीहरूमाथि गरिएको थियो । यी कपल्ससंग अनुसन्धानका क्रममा चुम्बन लिने तरिकाहरू तथा चुन्बनको मात्राका बारेमा प्रश्नहरू सोधिएको थियो ।  

ब्याक्टेरियाको संचरणको गणना गर्नका लागी परिक्षणकर्ताहरूले कपल्समाथि केही नियन्त्रित प्रयोग पनि गरेका थिए । अनुसन्धानकर्ताहरूले एक अन्तरङ्ग चुम्बनपछि के पाए भने चुम्बन ग्रहण गर्ने (स्त्री/पुरुष) व्यक्तिको र्यालमा प्रोबायोटिक ब्याक्टेरियाको मात्रा तीन गुना बढेको थियो ।  

यस प्रकारले अनुसन्धानकर्ताहरूले के पाए भने १० सेकेण्ड मात्र गरिएको चुम्बनमा पनि करिब ८० मिलियन (आठ करोड) ब्याक्टेरिया एक मुखबाट अर्को मुखमा समाहित हुने गर्दछन ।  

यो अनुसन्धान पत्रिका माइक्रोबायोममा प्रकाशित भएको छ ।  

 
olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments