सेक्स भन्दा सुत्न मन पराउँछन आजकलका महिलाहरू !

  •  
  •  
  •  
  •  
  •  

youn1

काठमाडौं, आजकलका महिलाहरूलाइ सेक्स भन्दा अरू कुरा धेरै मन पर्न थालेको छ । यो कुरा हालैको एक रिसर्चबाट पत्ता लागेको हो ।

डेली मेलमा प्रकाशित खबर अनुसार, आजकल महिलाहरू सेक्स भन्दा धेरै निद्रा पुरा गर्न र प्रविधिका साथमा समय विताउन मन पराउँदछ ।  

एक ग्लोबल स्टडीबाट के कुराको खुलासा भएको छ भने महिलाहरू  अब आफ्नो लाइफलाइ सजिलो बनाउनका लागी आफ्नो रहन-सहन बदलिरहेका छन र सजिलो कुराहरूको धेरै चयन गरिरहेका छन ।  

ब्रिटेन, ब्राजील, चीन र अमेरिकाका ४,३०० भन्दा धेरै महिलाहरूमाथि यो प्रयोग गरिएको थियो । यस रिसर्चका क्रममा उनीहरूको सेक्स लाइफ, परिवार प्रति लगाव, पैसा, निद्रा रा टेक्नोलोजी सम्बन्धित प्रश्नहरू सोधिएको थियो ।  

सर्भेमा ६८ प्रतिशत ब्रिटीश महिलाहरूले उनीहरू सेक्सको सट्टामा राम्रो निद्रा लिन मन पराउँदछन, जबकि अमेरिकाका ६० प्रतिशत महिलाहरूले यस्तो भनेका थिए । सबैभन्दा बढि चीनका महिलाहरूले यो कुरा बताएका थिए । यो प्रतिशत ७० रहेको थियो ।

त्यस्तै ३८ प्रतिशत ब्राजिलियन महिलाहरूले ओछ्यानमा माया गर्नुसट्टा सुत्न मन पराउने बताए ।

यो कुरा सुन्दा तपाइँहरूलाइ अचम्म लाग्ला कि अमेरिका र ब्रिटेनमा मानिसहरू सेक्सको सट्टा टेक्नोलोजी धेरै मन पराउँदछन । यदि यहांकी महिलाहरूलाइ तीन म‌हीना सम्म सेक्स वा टेक्नोलोजीका साथमा बस्ने विकल्प दिइयो भने धेरैजसो महिलाहरू सेक्स विना बस्न सक्ने तर टेक्नोलोजी बिना रहन नसक्ने बताउँछन ।  

ये रिसर्च हर्स्ट पत्रिका र फ्लिइशमेनहिलर्डले मिलेर गरेका थिए ।  

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments