थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह

  •  
  •  
  •  
  •  
  •  

थाइरोइड ग्रन्थी सबैमा हुन्छ । त्यो ग्रन्थीमा समस्या आउनु नै थाइरोइडको रोग हो । ग्रन्थीले काम गर्न छोड्नु र ग्रन्थी सुन्निएर ठूलो हुनु वा गलगाँड देखिनुलाई नै थाइरोइडको रोग भनिन्छ ।

थाइरोडको रोगबारे थाइरोइडरोग विशेषज्ञ डा. डिना श्रेष्ठसँग मिडियाएनपीकर्मी डा. दिलजान मंसूरले  गरेको विशेष भिडियोवार्ता :

थाइरोइडको रोग के हो ?

हाम्रो घाँटीको नलीमा सानो ग्लान्ड अर्थात् ग्रन्थी हुन्छ, पुतली आकारको, यो ग्रन्थीले थाइरोइड हर्मोन बनाउने काम गर्छ । यो हर्मोन रगतमा घुम्दछ र शरीरलाई ऊर्जामान बनाउँछ । साधारण भाषामा भन्दा थाइरोइडले कोषहरुलाई चलाउने काम गर्छ, जसकारण मानिसलाई ऊर्जा प्राप्त हुन्छ ।

थाइरोइड ग्रन्थी सबैमा हुन्छ । त्यो ग्रन्थीमा समस्या आउनु नै थाइरोइडको रोग हो । ग्रन्थीले काम गर्न छोड्नु र ग्रन्थी सुन्निएर ठूलो हुनु वा गलगाँड देखिनुलाई नै थाइरोइडको रोग भनिन्छ ।

ग्रन्थीले बढी हर्मोन उत्पादन गर्नुलाई हाइपर र कम गर्नुलाई हाइपो थाइरोइड भनिन्छ । थाइरोइड हर्मोन बन्न आयोडिन चाहिन्छ । आयोडिनको कमीका कारण पनि थाइरोइडमा विभिन्न रोग लाग्न सक्छ । थाइरोइडमा हापर, हाइपो, क्यान्सर, गोइटर (गलगाँड) लगायत लाग्न सक्छ ।

सानो बच्चालाई हुने थाइरोइड

सानो बच्चालाई पनि थाइरोइडको समस्या हुन सक्छ । बच्चाको थाइरोइड ग्रन्थी नै नभएको पनि हुन सक्छ । त्यस्तो बच्चालाई हर्मोन दिन सकिन्छ । त्यसैले हस्पिटलमा बच्चा जन्मदाबित्तिकै थाइरोइड पनि चेक गर्ने गरिन्छ । बच्चामै थाइरोइड हर्मोन नभएको पत्ता लगाएर हर्मोन दिइयो भने त्यो बच्चा सामान्य हुन्छ । दिइएन भने ऊ बोधो दिमागको हुन सक्छ ।

थाइरोइ रोग हुनुको कारण

थाइरोइडमा रोग देखिनुको मुख्य कारण ‘अटोइम्युन डिस्ट्रक्सन’ नै हो । यो भनेको शरीरमा शरीरलाई नै बिगार्ने तत्व पनि बनिरहेका हुन्छन् । शरीरका भागले काम गर्ने सिस्टममा विभिन्न कारण खराबी आउने गर्छन् । त्यस्तै, शरीरको काम गर्ने सिस्टम बिग्रेर थाइरोइड ग्लान्डलाई पनि बिगार्ने तत्व शरीरले बनाएको हुन्छ । त्यसले थाइरोइडलाई आक्रमण गर्छ र समस्या आउँछ ।

थाइरोइडको समस्या खासगरी पुरुषलाई भन्दा नारीलाई हुने बढी सम्भावना हुन्छ । १० जना नारीलाई हुँदा एक पुरुषलाई मात्रै हुने मानिन्छ ।
अर्को, वंशाणुगत पनि हुन सक्छ, यदि वंश–परिवारमा कसैलाई यस्तो समस्या छ भने सन्तानमा पनि देखिन सक्छ ।

लक्षण

थाइरोइडको समस्या भए वा नभएको विशेष लक्षणमा अल्छी लाग्ने, थकाई लाग्ने, मोटाउने, सुन्निने, बढी निद्रा लाग्ने हुन सक्छ । काम गर्न, पढ्न अल्छी लाग्ने तर फिल्म हेर्न, घुम्न जान भने जाँगर लाग्ने हुनुलाई अल्छी लाग्ने भनिँदैन । निद्रा लाग्ने भनेको जहाँ पनि सुत्न सक्ने, जस्तो : गाडीमा हिँड्दा, प्रतीक्षा गर्दा । त्यस्तै, तुलनात्मक रुपमा अलि बढी जाडो लाग्ने पनि हुन सक्छ । यी लक्षण महिला–पुरुष दुवैमा देखिन सक्छ ।

विशेषगरी महिलालाई महिनावारीको गडबडी पनि हुन सक्छ । त्यस्तै, विवाहित महिलाले सन्तान चाहँदा पनि अलि ढिला हुने समस्या हुन्छ । पुरुषमा सम्भोगप्रतिको चाहना घट्दै जाने पनि हुन सक्छ ।

हाइपर थाइरोइडमा बढी रिस उठ्ने, आत्तिने र तौल घट्ने पनि हुन सक्छ । अर्को, छाला रुखो हुने, कपाल झर्न पनि सक्छ, तर यो अन्य कारणले पनि सक्छ, त्यसैले यसलाई विशेष लक्षण मानिँदैन ।
०००
थाइरोइडमा समस्या छ÷छैन भनेर थाहा पाउने विधि टीएसएच लेभल (थाइरोइड स्टिमुलेटिङ हर्मोन लेभल) टेस्ट नै हो । यो रगतको परीक्षणबाट देखिन्छ ।

उपचार

थाइरोइड ग्रन्थीले हर्मोन बनाउन नसकेको हो भने शरीरमा हर्मोन दिएर उपचार गरिन्छ । थाइरोइड हर्मोन जुन हाम्रो शरीरमा बन्छ, ठ्याक्कै त्यही हर्मोन अहिले ट्याबलेटमा पनि पाइन्छ । यो ट्याबलेट बिहान खालि पेटमा खानुपर्छ, खाएको आधा घन्टासम्म केही खानु हुँदैन, पानी खान हुन्छ । औषधि लिन थालेपछि शरीरमा हर्मोन ब्यालेन्समा आयो कि आएन भनेर एक–दुई महिना चेक गर्नुपर्ने हुन्छ । औषधिले शरीरमा चाहिने हर्मोनको मात्रा ब्यालेन्समा आएपछि ६–६ महिनामा चेक गरे पुग्छ । हाइपर थाइरोइडमा स्मोकिङले असर गर्छ भनिन्छ ।

थाइरोइडको उपचार भएन भने शरीरमा कोलेस्ट्रोल बढ्न सक्छ । मानिस डिप्रेसनमा पनि जान सक्छ । र, यसको एक्ट्रिम भनेको मान्छे कोमामा जान पनि सक्छ ।

के हो अल्जाइमर (बिर्सने) रोग ?, यसको लक्षण र रोकथामको उपाय (भिडियो सहित)

के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)

मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)

‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’ (भिडियो सहित)

जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ? (भिडियो सहित)

थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह (भिडियो सहित)

जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ? (भिडियो सहित)

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको सल्लाह : कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? (भिडियो सहित)

दीर्घ मिर्गौलारोग : वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह र सुझाव (भिडियो)

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

4 thoughts on “थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह

  1. I have been under medication for 6 yeas and the blood level seems normal as the test says., But, I feel that my weight is increasing and fatness as well. It does not mean that I am fatty but it is more than normal. Because, normallLY before thyriod, my weight was 56 kgs.around now it ks almost 70 kgs. around. How can I do balance ? i used to read tips on it, but is there anything else that can develop immunity and avoid over weight ?

  2. malai thyroid xa 6 month vai sakiyo check up gareko medicine khako bt yahile samma medicine le kehi ashar gareko xain weight usta ko ustai xa plus period ma ni gadabadi testai xa kehi sudhar dekheko xain aab k garne hola

  3. 9 month chaking ra ausadhi ko niyamit seban pachi control ma 6 , medician chhodi sakiyo aba aru khi sallaha dinu hun6 ki !!

  4. Malai blood chek garda 13.9 theyo tesko1 maina paxi chek Garda badyra14.1 vhayo aausadi bihana khali pet ma ni kako thy k vhako hola Dr. Dina sab yesko k Garda thairaed niko hunx ta hajur ly yo massage ko reply gari dinu vhaye aavhari hunt theya

Leave a Reply

Your email address will not be published. Required fields are marked *