‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’

  •  
  •  
  •  
  •  
  •  

प्राय पुरुषमा देखिने रोग प्रोस्टेड ग्रन्थीबारे मिडियाएनपीकर्मी डा. दिलजान मंसूरले युरोलोजिस्ट डा.अरुणदेव भट्टसँग गरेको भिडियो संवादमा आधारित।

मानिस जातिमा करीब ५० वटा भन्दा बढी ग्रन्थी हुने गर्दछ। ती मध्ये एउटा हो प्रोस्टेड ग्रन्थी जुन हरेक पुरुषहरुमा हुन्छ। यही प्रोस्टेड ग्रन्थीबारे वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुणदेव भट्टले आफ्नो विचार व्यक्त गरेका छन्।

युरोलोजिस्ट र नेफ्रोलोजिस्टको बारेमा डा.अरुणदेव भन्छन्, ‘नेफ्रोलोजिस्टको भनेको फिजिसियन हो र अर्थात किडनीको फिजिसियन हो। यस्तै युरोलोजिस्ट भनेको सर्जन हो जसले किड्नी, पिसाबको थैली, युरेटर्सहरु र पुरुषहरुको अंगहरुको उपचार गर्नुहुन्छ।’

doctor_kurt
उनका अनुसार प्रोस्टेड ग्रन्थीले पुरुषहरुमा हुने शुक्रकिटलाई बनाउने र गाडिको काम गर्ने काम गर्दछ। तर यसको समस्या पुरुषहरुको उमेर बढ्दै गएपछि ग्रन्थी पनि बढ्दै जाने हुन्छ। प्राय ४० वर्षपछि पुरुषहरुमा प्रोस्टेड ग्रन्थी बढ्दै जान्छ। ग्रन्थी सुकेमा वा बढेमा पनि एउटै प्रकारको असर गर्ने गर्दछ।यसको असरबाट पिसावलाई च्याप्ने समस्या देखा पर्दछ। पिसाबको नलीलाई साँघुरो पार्ने गर्दछ। यसले पिसाब निकस्ने बेगलाई अबरोध गर्दछ।

००००००००

प्रोस्टेड ग्रन्थीको फाइदा

यदि कुनै पनि पुरुष बुवा बन्न चाहेमा उसमा प्रोस्टेड ग्रन्थीको विकास हुनु जरुरी हुन्छ। किनकी यसले पुरुषलाई बच्चा बनाउन चाहिने आवश्‍यक शुक्रकिट बनाउँछ। यदि पुरुषको प्रोस्टेड ग्रन्थी विका भएन भने उसले बच्चा पाउन सक्दैन। यसले पुरुषलाई नंपुसक हुनबाट जोगाउँछ।

००००००००

प्रोस्टेड ग्रन्थीको समस्या

पुरुषहरुमा देखापर्ने हर्मोनहरुको समस्याले गर्दा प्रोस्टेड ग्रन्थीको समस्या आउने गरेको डाक्टर अरुणदेव भन्छन्। यसको समस्याले कुनै पनि पुरुष नंपुसक हुन सक्छ।यसका साथै पुरुषको पिसाबको गति बिग्रिन सक्छ।यसले किड्नीमा समेत असर गर्न सक्छ। ४० वर्षपछि पुरुषमा बढ्ने टेस्टोस्ट्रोन हर्मोनहरु पुरुषहरुको प्रोस्टेड ग्रन्थीमा पुगेपछि ग्रन्थी बढ्ने समस्या देखा पर्दछ।

०००००००

कस्तो पुरुषलाई यो रोग हुन्छ ?

डाक्टर अरुणदेवका अनुसार प्रोस्टेड ग्रन्थीको रोग प्राय सबै पुरुषहरुमा ढिलो वा चाडो हुने नै बताउँछन्।तर विशेष गरी मधुमेह रोगी पुरुषहरुलाई यसले चाडो सताउन सक्छ। कनकी उनीहरुलाई प्रोस्टेड बोनारोपा बीइपी हुन्छ। फलस्वरुप उनीहरुमा बढी छिटो देखिन्छ।

यसका साथै यो वंशाणुगत पनि हुन सक्छ। यदि यसअघि हजुरबुवा बुवामा उक्त रोग देखा परेको भए छोराहरुमा पनि यसले प्रभाव पार्न सक्छ। तर जतिजति पुरुषको उमेर बढ्दै जान्छ यो रोग पनि बढ्दै जान्छ। साथै प्रोस्टेडको क्यान्सर हुने सम्भावना पनि धेरै हुन्छ।

०००००००००

प्रोस्टेड ग्रन्थीका लक्षणहरु वा कसरी थाहा पाउने ?

पुरुषको पिसाबो नली साँघुरो हुन्छ।
पिसाको धार/वेगलाई कमजोर बनाउँछ।
यो विस्तारै देखिन्छ।
पिसाब फेरिसकेपछि पिसाब थोपा थोपा भएर चुहिएर आउँछ।
बीचबीचमा रोकिएर पिसाब आउँछ र पुरुषलाई बल्ल पिसाब फेरेको सन्तुष्टि मिल्छ।
क्षण क्षणमा पिसाब फेर्ने बानी लाग्छ।
पिसाब फर्ने मात्रामा वृद्धि भएर जान्छ।
कनिकनी पिसाब निकाल्नु पर्ने हुन्छ।

प्राय पुरुषहरुले यो समस्यालाई लुकाएर राख्‍ने गरेको र कोही कोहीले मात्रै आफ्नो साथीभाइसँग आफूलाई पिसाबमा समस्या देखिएको वा
प्रोस्टेड ग्रन्थी सुन्‍निएको बारे सयेर गर्ने गर्दछ।

००००००००

यसबाट बच्‍ने उपायहरु
क्लिनिकल आधारबाट थाहा पाउने
मलद्वारबाट थाहा पाउन सकिन्छ।
साधारणतया प्रोटेस्ट १० देखि २० ग्रामको हुन्छ।
अल्ट्रा साउण्ड गरेर थाहा पाउन सकिन्छ।
सामान्यतया ५० एमएल पिसाब बाँकी रहेको भए राम्रो मानिन्छ।
कहिलेकाही ६० सम्म सामान्य नै मानिन्द्धछ। तर बढी भएमा समस्या भएको मान्नुपर्छ।
रगत जाँच गराउनु पर्छ।यसबाट थाहा पाउन सकिन्छ।
पिएसए गरेर हेर्न सकिन्छ।
पिएसए बढेको भए एक महिनाको औषधि सेवन गर्नुपर्छ।
तर त्यसले पनि वृद्धि रोकिएन भने क्‍यान्सर भएको मान्नुपर्छ।

००००००००

उपचारहरु
खाने र पिउने कुरामा ध्यान दिनुपर्दछ।
दैनिक डेढदेखि २ लिटरसम्म पिसाब फेर्नुपर्दछ।
पिसाब फेर्न सक्‍ने औषधिहरु सेवन गर्नुपर्छ।
अल्फा ब्लकर्स औषधिलाई सेवन गरे राम्रो।

प्रोस्टेड ग्रन्थीको अपरेशन गर्दा कम्मरमा सुई दिइन्छ। लेजर वा मुत्र नलीको माध्यमबाट गर्ने प्रोस्टेड ग्रन्थीलाई बाहिर ल्याएर बिना बेहोस नै सजिलै अपरेशन गर्न मिल्ने डा. अरुणदेव भट्टको भनाई छ।

के हो अल्जाइमर (बिर्सने) रोग ?, यसको लक्षण र रोकथामको उपाय (भिडियो सहित)

के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)

मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)

‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’ (भिडियो सहित)

जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ? (भिडियो सहित)

थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह (भिडियो सहित)

जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ? (भिडियो सहित)

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको सल्लाह : कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? (भिडियो सहित)

दीर्घ मिर्गौलारोग : वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह र सुझाव (भिडियो)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *