मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

मानिसले दैनिक रुपमा मुखबाट चाहिने र नचाहिने प्रकारका खानेकुराहरु खाइरेका हुन्छन्। मुखबाट खाने शरीरलाई अनावश्यक खैनी सूर्ति, जाँड रक्सी, चुरोट लगायतका निकोटिनले मानिसको स्वस्थ शरीरलाई विस्तारै ध्वस्त पारिरहेका हुन्छन्। यही कारण मानिस विस्तारै क्यानसरको सिकार हुन बाध्य हुन्छन्। यही विषयमा मिडियाएनपीकर्मी दिलजान मन्सुरले ओरल एण्ड म्याक्जेलियो फेसिल सर्जन डा.सुबास घिमिरेसँग गरेको भिडियो संवादमा आधारित।

दिलजान मन्सुर

सामान्यता मानिसको बिग्रेको अनुहारलाई राम्रो बनाउन म्याक्जेलियो फेसिल सर्जरी गर्ने गरिन्छ। यो विशेष गरी अनुहारको संवदेनशीलतालाई बुझेर गर्ने चीज हो। उदाहरणको लागि टेलिभिजनमा काम गर्नको लागि पनि अनुहार राम्रो चाहिन्छ। कम्तिमा पनि नर्मल चाहिन्छ। यदि कुनै समस्या वा प्रबलम भएमा हामीले टेलिभिजनमा काम गर्न सक्दैनौ। यही कारण ओरल म्याक्जिलोफेसियल सर्जरीको अहिले धेरै महत्व रहेको छ।
उदाहरणको लागि एउटा कुनै मानिस बाटोमा हिडिरहेको बेलामा दुर्घटना भयो र उसको अनुहारमा चोट लागेमा, बिग्रेमा अनुहारलाई सामान्य अवस्थामा फर्काउन यही सर्जरीले काम गर्दा उत्तम हुन्छ। मानिसको मुखमा विभिन्न कारणले क्‍यान्सरको सामाना गर्नु पर्ने हुन्छ। ओरल क्यान्सर अर्थात मुख भित्र हुने घाउँ नै पहिलो मुख्य कारण हो। सामान्यतया उपचार गर्दा विशेक नहुने घाउलाई क्यान्सर भनिन्छ।

मुख भित्र हुने क्यान्सरका लक्षणहरु

सूर्तिजन्य पदार्थको सेवन गर्नू
पान र पान मसलाहरु खानु
शारीरिक रुपमा कमजोर हुनु।
कुनै पनि घाउँ एक हप्तासम्म तथा १४ दिन सम्म निको नहुनु
मुखभित्र पोल्‍ने, खाना खान मन नलाग्‍ने।
खानेकुरा निल्दा अप्ठ्यारो हुने।
मुख धेरै गन्हाउने
शरीर दिनदिनै दुब्लाउँदे जाने
शारीरिक तौल पनि घट्दै जानु
खान मन नलाग्‍ने
रगत पनि आउने
दाँत हल्लिने, गिजाहरु लामो समयसम्म दुख्‍ने

किन यस्तो हुन्छ ?

हामी बढी आयातित संस्कारले बाधिएका छौ।
हाम्रोपनालाई बुझ्न सकेका छैनौ।
हाम्रो परिवार समाज र राष्ट्र आयातित चीजमा भर पर्नु
कस्तो मानिसलाई हुन्छ ?

खानपानमा ध्यान नदिने मानिसलाई
बढी पुरुषहरुलाई हुने सम्भावना हुन्छ
चुरोट बिडी खैनी सूर्ति र खुट्खा लगायतका खानाले
शरीरलाई हानी गर्ने तत्वहरु क्यान्सरका प्रेरक

बच्‍ने उपायहरु

नैतिक शिक्षाको अभाव
चुरोट खानेहरुलाई जनचेतना जगाउँनु
परिवारबाटे खान हुने र नहुने कुराको बारेमा जानकारी दिनु
नियमित अभ्यास गर्ने
हरियो सागसब्जी, फलफूल खाने
सबैभन्दा पहिला मुख स्वास्थ्यलाई हेरचाह गर्नुस्

के हो अल्जाइमर (बिर्सने) रोग ?, यसको लक्षण र रोकथामको उपाय (भिडियो सहित)

के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)

मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)

‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’ (भिडियो सहित)

जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ? (भिडियो सहित)

थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह (भिडियो सहित)

जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ? (भिडियो सहित)

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको सल्लाह : कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? (भिडियो सहित)

दीर्घ मिर्गौलारोग : वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह र सुझाव (भिडियो)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *