के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

डा. दिलजान मंसूर, काठमाडौं । आधुनिक जीवन शैलीसँग घुलमिल हुन थालिएसँगै आम मानिसमा उच्च रक्तचापको समस्या देखिन थालेको छ । उच्च रक्तचापको समस्या सबै उमेर समूहमा देखिने गर्छ । मुटुको काम शरीरका सबैभागमा रक्त पुर्याउनु हो । सबै अङ्गमा पुग्ने गरी मुटुले रक्त प्रवाह प्रवाह गर्छ । साविक भन्दा बढी रगत प्रवाह हुनुलाई नै उच्च रक्तचाप भनिन्छ । नेपालमा यसबाट पीडित भएकाहरुको तथ्यांक नभपनि संसारभर एक अर्ब उच्च रक्तचापका पीडितहरु रहेका डाटाहरु सार्वजनिक हुने गरेको छ ।

रक्तचाप सबैमा हुने प्रक्रिया हो । जुन मात्रामा रगत प्रवाह हुनुपर्ने हो त्यो भन्दा बढी हुने प्रक्रियालाई उच्च रक्तचाप भनिन्छ । आफ्नै कमजोरी तथा हेलचेक्रयाइँका कारण पनि रक्तचाप हुनेगर्छ ।

के कारणले उच्च रक्तचाप हुन्छ ?
१. मृगौलामा समस्या भएमा
२. भल्वमा समस्या देखिए
३. परिवारमा कसैलाई भएमा (वंशानुगत )
४. आधुनिक जीवन शैलीका कारण
५. जङ्कफूड खाने, मदिरा सेवन र धुमपान गर्नाले
६. शारीरिक व्यायमको अभाव
७. तनावपूर्ण जीवन

लक्षणहरु :
१. रिंगटा लाग्नु, वान्ता हुनु
२. स्वास फर्न गाह्रो हुनु
३. टाउको दुख्नु
रक्तचापले निम्त्याउने समस्या ः
१ मुटुलाई असर गर्न सक्ने
२ ब्रेन (दिमाख)लाई असर गर्न सक्ने
३. मृगौलालाईफेल गराउन सक्ने
४. आँखाको ज्योति गुम्ने सक्ने
५. हृदयघातको सम्भावना बढी हुने

रक्तचाप हुनबाट जोगिने उपाय :
१. नियमित स्वास्थ्य परीक्षण गर्ने
२ मद्यमान र धुमपान नगर्ने
३. जथाभावी औषधि सेवन नगर्ने
४. आधुनिक जीवन शैली र तनावपूर्ण जीवन शैलीबाट टाढा रहने
५. नियमित शारीरिक व्यायम र मोर्निङ या इभिनिङ वाक गर्ने
६. जङ्क फूड तथा धेरै नून राखेको खानेकुरा नखाने (नून साविक बमोजिम भने खाने)
७. धेरै मात्रामा प्रोटिनयुक्त र चिल्लो पदार्थ भएका खानेकुरा नखाने
८. शरीरको तौललाई धेरै बढ्न नदिने
९. गाउँघरका मान्छेको कुरा भन्दा चिकित्सकको कुरामा विश्वास गर्ने

उच्च रक्तचाप उपचार 
उच्च रक्तचापको सबै उपचार नेपालमा गरिन्छ । तर, उच्च रक्तचाप पीडितहरुले नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्नुपर्ने मूख्य कुरा हो । मानिसले नियमति खानेकुरा खाए जस्तै यसको औषधि दिनहूँ खाने गर्नुपर्छ । पीडितको अवस्था हेरी निश्चित समयका लागि या जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ । बाँच्नका लागि भने पनि पीडितहरुले औषधि सेवन गर्न हिच्किचाउनु हुँदैन ।

नियमित औषधि सेवन नगरे शरीरका विभिन्न अङ्गहरुलाई हानी पुर्याउन सक्छ । नियमति औषधि गरेपनि जीवनशैलीदेखि खानपानमा परिवर्तन र व्यायम गर्नुपर्ने हुन्छ । चिकित्सको सल्लाहअनुसार औषधि सेवन गर्ने र छोड्ने गर्नुपर्छ । साथै पसिना आउने गरी २० देखि ३० मिनेट हिँड्ने गर्नुपर्छ ।

(मिडिया एनपीका वरिष्ठ स्वास्थ्य संवाददाता डा. मंसूरले वरिष्ठ मुटु रोग विशेषज्ञ लवनरसिंह जोशीसँग गरेको कुराकानीको आधारमा)।

के हो अल्जाइमर (बिर्सने) रोग ?, यसको लक्षण र रोकथामको उपाय (भिडियो सहित)

के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)

मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)

‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’ (भिडियो सहित)

जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ? (भिडियो सहित)

थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह (भिडियो सहित)

जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ? (भिडियो सहित)

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको सल्लाह : कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? (भिडियो सहित)

दीर्घ मिर्गौलारोग : वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह र सुझाव (भिडियो)

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *