धुर्मुस–सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा एकीकृत नमुना बस्ती बनाउने (भिडियाे सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ पुस । काभ्रे र सिन्धुपाल्चोकमा भूकम्पपीडितलाई एकीकृत नमुना बस्ती बनाएका कलाकार कसीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले महोत्तरीमा तेस्रो नमुना बस्ती बनाउने घोषणा गरेका छन् ।

‘चरम गरिबीको चपेटामा रहेका महोत्तरी बर्दिबास–२, का मुसहरहरूका लागि एकीकृत बस्ती निर्माण गर्न कम्मर कसेका छौँ,’ फाउन्डेसनले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । फाउन्डेसनले मुसहर बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्न इच्छुक र दाताहरूलाई अनुरोध पनि गरेको छ ।

‘मानवता र सद्भावका लागि सहकार्य स्वरुप निर्माण गर्न लागिएको बस्तीलाई सहयोग गरिदिनु भए आभारी हुने थियौँ । मुसहरको मुहारमा मुस्कान ल्याउने हाम्रो प्रयासमा तपाईको साथ आवश्यक छ,’ फाउन्डेसनले भनेको छ ।

आर्थिक सहयोगका लागि कलाकार धुर्मुस सुन्तलीले बैंक अफ काठमाण्डू लुम्बिनीको खाता नम्बर ०१६८००१००३७०२५४ मा रकम जम्मा गर्न युट्युबमार्फत आग्रह गरेका छन् ।

मुसहर दाउरा बेचेर जीविकोपार्जन गर्दै आएका तराइको पिछडिएको जातिमा पर्छ । भूकम्प प्रभावितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताएका छन् ।

४ करोड ७८ लाख लगानीमा निर्माण हुने बस्तीका लागि फाउण्डेशनले गिरान्चौर एकीकृत नमुना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ मुसहर बस्ती निर्माणका लागि खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष घिमिरेले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *