हामी मरे पनि नेपाल बाँचिरहोस् भन्दै पूर्वराजा ज्ञानेन्द्रले गरे आह्वान– राष्ट्र बचाउन अब जनता जाग्नुपर्छ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ पुष । पछिल्लो राजनीतिक घटनाक्रमप्रति तव्रि असन्तुष्टि जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र बचाउन अब जनता जाग्नु पर्ने बेला आएको बताएका छन् ।

खास खास अवस्थामा आफ्नो धारण सार्वजनिक गर्ने गरेका पूर्वराजा ज्ञानेन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै नेपाली जनताको आस्था नढलेकाले अब राष्ट्र बचाउन जनता जाग्नुपर्ने बताएका हुन् । विना सन्दर्भ बुधबार पूर्वराजा ज्ञानेन्द्रको विज्ञप्ति आउनुलाई राजनीतिमा महत्वको साथ हेरिएको छ ।

नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न सबैलाई आह्वान गरेका उनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्– ‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । राष्ट्र बचाउन फेरि एक पटक जनता जाग्नुपर्ने बेला आएको छ ।’

नेपालीको मन मस्तिष्कमा देशभक्तिको भावना नढलेको भन्दै उनले सबै नेपालीले राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न प्रमुख र प्रखर रुपले जाग्नु पर्ने बेला आएको उल्लेख गरेका छन् ।

‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको छ । हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ! समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन’, जारी विज्ञप्तिमा भनिएको छ ।

साथै हिमाल, पहाड तराईको सद्भाज तोड्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गरेका पूर्वराजा ज्ञानेन्द्रले निषेध र प्रतिशोधको मानसिकताबाट बाहिर निस्कन पनि आह्वान गरेका छन् । उनले मुलुकमा अस्थिरता र अराजकता पनि बढेको आरोप लगाएका छन् ।

बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ता हावी भइरहेको भन्दै उनले राष्ट्रिय गौरव मेट्ने कार्य सह्य नहुने चेतावनी दिएका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *