किन झर्छ कपाल ?, रोक्ने उपाय र प्रत्यारोपणको विधि (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

डा. प्रमोद अग्रवाल, काठमाडौं । कपाल झर्ने समस्या नेपालमा पनि बढ्दै गएको छ । पछिल्लो समय ३० वर्ष उमेर पुगेका पुरुष तथा महिलाहरुमा कपाल झर्ने समस्या देखिन थालेको छ । कपाल झर्ने समस्यालाई एलोपेसिया भनिन्छ । शरीरको कुनै पनि भागबाट कपाल झर्नुलाई एलोपेसियाभनिन्छ । ५० देखि सयवटा कपाल झर्यो भने यसलाई सामान्य मानिन्छ । तर, धेरै दिनदेखि सय भन्दा बढी कपाल झर्न थाल्यो भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

साथै कपाल नभएको कुनै स्थान भेटियो भने पनि चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
कपाल जुनसुकै उमेर समूहका व्यक्तिको झर्न सक्छ । लगातार सय भन्दा बढी कपाल झर्न थाल्यो भने चिकित्सकलाई देखाउनु राम्रो हुन्छ ।

कपाल झर्ने कारणहरु
१. लामो समयसम्म अस्पताल बसेर उपचार गर्दा
२. क्यान्सर रोगका कारण
३. सुत्केरी हुँदा
४. दुर्घटनामा परेर टाउकोमा चोट लाग्दा
५. वंशानुगत
६. पुरुषमा हुने हर्माेनका कारण

रोकथामको उपाय
१. खानपानमा ध्यान दिने
२. कपालमा केमिकल प्रयोग नगर्ने
३. कपाललाई कडा रुपले नबाँध्ने तथा कडा हेयर स्टाइल नबनाउने
४. तातो पानीले ननुहाउने

उपचार
उपचारबाट कपाल झर्न समस्या हटाउन सकिन्छ । कपाल झर्ने समस्यालाई रोक्न औषधि प्रयोग गर्न सकिन्छ । कपाल झरेर पातलो हुँदै गएको स्थानमा औषधिको प्रयोगले त्यस स्थानको कपाललाई बाक्लो बनाउने काम गर्छ । कपाललाई पातलो हुनबाट औषधिले बचाउँछ । औषधिको प्रयोग लामो समयसम्म गर्नुपर्ने हुन्छ । कपालको आवश्यक पर्ने बेलासम्म औषधि प्रयोग गर्नुपर्ने हुन्छ । तर, कपाल झर्नबाट रोक्न प्रयोग गरिने औषधिका साइडइफेक्ट हुँदैन ।
कपाल प्रत्यारोपण
कपाल झर्ने समस्याको अर्काे उपचार भनेको कपाल प्रत्यारोपण हो । कपाल झरेको स्थान चिल्लो भएको छ भने औषधिको प्रयोगले केही काम गर्दैन । कपालै नभएको स्थानमा कपाल प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

के हो कपाल प्रत्यारोपण ?
कपाल झरेर खाली तथा चिल्लो भएको स्थानमा कपालका नयाँ जरा राखेर रोप्ने विधिलाई कपाल प्रत्यारोपण भनिन्छ । टाउकोको पछाडि तथा दायाँ–बायाँ भागको कपाल जरासहित उखेलेर रकपाल झरेर चिल्लो भएको स्थानमा रोप्न गरिन्छ । अगाडि र मध्यभागको भन्दा पछाडि र दायाँ बायाँ भागको कपालको बनावट र जरा फरक खालको हुने भएकाले प्रत्यारोपण गरिएको कपाल झर्दैन । यसरी प्रत्यारोपण गरिएका कपाल बढ्ने हुँदा काट्न मिल्छ भने औषधि सेवन गर्नुपर्दैन ।

कपाल प्रत्यारोपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन भने बेडरेस्ट पनि गर्नुपर्दैन । तेल, स्याम्पू तथा क्रिमले प्रभाव पार्दैन कपाल झर्ने समस्या रोक्न तथा झरेको स्थानमा उमार्ने भन्दै बजारमा पाइएका तेल, स्याम्पू तथा क्रिमले कुनै पनि सकारात्मक प्रभाव पार्दैन । यो भ्रम मात्रै हो ।

( वरिष्ठ छाला तथा चर्मरोग एवम् कपाल प्रत्यारोपण विशेषज्ञ डा. प्रमोद अग्रवालसँग मिडिया एनपीका वरिष्ठ स्वास्थ्य संवाददाता डा. दिलजान मंसूरले गरेको कुराकानीमा आधारित ।)

यसरी जोगाउनुस् एलर्जीबाट छालालाई, अन्यथा ज्यान पनि जान सक्छ (भिडियो सहित)

किन झर्छ कपाल ?, रोक्ने उपाय र प्रत्यारोपणको विधि (भिडियो सहित)

के हो अल्जाइमर (बिर्सने) रोग ?, यसको लक्षण र रोकथामको उपाय (भिडियो सहित)

के कारणले हुन्छ उच्च रक्तचाप?, यसबाट जोगिने यी उपायहरु ( भिडियो सहित)

मुखको क्यान्सर कसरी थाहा पाउने ? (भिडियो)

‘पुरुषहरुमा प्रोस्टेड ग्रन्थीको रोग पिसाबको गतिले पहिचान हुन्छ’ (भिडियो सहित)

जन्डिस धेरैलाई भएको देख्छौँ, के तपाईंलाई सर्जिकल जन्डिसबारे थाहा छ ? (भिडियो सहित)

थाइरोइडको रोग के हो, उपचारबारे थाइरोइड रोग विशेषज्ञ डा. डिनाको सल्लाह (भिडियो सहित)

जटिल प्रकारको मानसिक रोग स्किजोफ्रेनिया के हो ? (भिडियो सहित)

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको सल्लाह : कतै तपाईंलाई डिप्रेसन भएको त छैन ? (भिडियो सहित)

दीर्घ मिर्गौलारोग : वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको सल्लाह र सुझाव (भिडियो)

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

3 thoughts on “किन झर्छ कपाल ?, रोक्ने उपाय र प्रत्यारोपणको विधि (भिडियो सहित)

  1. Mero age 24 same problem Mero plz k hajur haru le e dr. Saheb Sang contact gardai dinu saknu hunx Mero ta kapal nai partiyaropan garnu parne raix plz plz help me

Leave a Reply

Your email address will not be published. Required fields are marked *