नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरियो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ पुस । नेपाल भारतमा जारी चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा सोमबार भएको सेमिफाइलन खेलमा चीर प्रतिद्धन्दी भारतसँग ३–१ गोलले पराजित भएसँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

नेपालका लागि सावित्रीले पेनाल्टीलाई सदुपयोग गर्दै एक गोल गरे पनि हार भने टार्न सकिनन् । भारतको जितका लागि कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक–एक गोल गरेकी थिइन् ।

समूहचरणको तीनै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको दाबेदार देखाउन खोजेको नेपालले सेमिफाइनलमा भारतसँग पराजित हुँदै इतिहासलाई पुनरावृत्ति गर्न पुग्यो ।

यसअघिका तीनै संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपाल यसपटकको प्रतियोगितामा सेमिफाइनलमै बाहिरिन पुग्यो । साथै एक बर्षअघि साग गेम्सको स्वर्णका लागि भएको स्पर्धामा पनि भारतसँगै नेपाल पराजित भएको थियो ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.