एमाले नेता नेपालको प्रश्न– हिजो आएका मधेशी हुने रौतहटमा तीन पुस्तादेखि जन्मिएको म चैँ नहुने ? (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता या थाती राखेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयन गर्न र संवैधानिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपर्ने बताए ।

आफू मधेशको नेता रहेको भन्दै उनले मधेश र मधेशी जनताको माग पूरा गर्न सधैं लागि परेको बताए । आफूले मधेशका बारेमा उठाएको आवाजलाई मधेशी विरोधी ठानिएको भन्दै उनले प्रश्न गरे, ‘म रौतहटको धर्तीपुत्र हुँ। माधवकुमार नेपालले भनेको नहुने, जसको जन्म मधेसमै भएको छैन उसको भनाइ लागू हुने कहीँ हुन्छ ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्न थालेको भन्दै नेता नेपालले सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्डलाई सम्झाउन भनेका छन् ।

‘देउवाजी पटकपटक प्रधानमन्त्री बन्नुभएको छ, देशविदेश घुम्नुभएको छ,’ उनले भने, ‘अहिलेको जटिल परिस्थितिमा प्रचण्डलाई सम्झाएर अघि बढ्नुहोला ।’

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *