भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले कप्तानबाट राजीनामा दिए

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । आफ्नो मुलुकलाई विश्वकप समेत दिलाएका भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले कप्तानीबाट राजीनामा दिएका छन् ।

बुधबार राति धोनीले भारतको एकदिवसीय र टी ट्वान्टी क्रिकेट टिमको कप्तानबाट आफूले राजीनामा दिएको घोषणा गरेका हुन् । यस विषयमा भारतीय क्रिकेट बोर्ड बिआइसिसीलाई समेत जानकारी गराइसकेको उनले बताए ।

यद्यपी यही जनवरीमा इंग्लयाण्ड विरुद्ध हुने वान डे र टी २० क्रिकेटका लागि भने उनले खेल्ने भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन्।

यसअघि धोनीले सन् २०१४ को डिसेम्बरमा भारतको टेस्ट टिमको कप्तानीबाट पनि राजीनामा दिएका थिए । आफ्नो कप्तानीमा भारतलाई सन् २००७ को टी ट्वान्टी विश्वकप र न् २०११ मा आइसिसी विश्वकप दिलाएका धोनीले सन् २००४ मा भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। डेब्यु गरेको तीन बर्षमै २००७ मा धोनी भारतीय टी ट्वान्टी टिमको कप्तान बनेका थिए। यस्तै सन् २०१३ मा भारतले च्याम्पियन्स ट्रफी जित्दा पनि भारतीय टिम धोनीकै कप्तानीमा थियो।

बिआइसिसीले नयाँ कप्तानको नाम घोषणा गरेको छैन । भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतीय टेस्ट टिमको कप्तानी सम्हालिरहेका विराट कोहली नै एकदिवसीय र टीट्वान्टी टिमको पनि कप्तान हुने सम्भावना रहेको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *