नेपाली सेनालाई तेस्रो देशको चस्माबाट नहेरौँ : भारत

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं।  भारतले नेपाली सेना र चीनियाँ सेनाबीच हुने सैन्य अभ्यासलाई लिएर नेपाली सेनालार्इ तेस्रो देशको चस्माबाट हेर्न नहुने बताएको छ ।

बुधबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय पूर्वसेनाध्यक्षसमेत रहेका विदेश राज्यमन्त्री भिके सिंहले नेपालीमै भने, ‘म पनि नेपाली सेनाको पूर्वमानार्थ सेनापति हुँ, नेपाल र भारतका सेनाको सम्बन्ध विकसित र बलियो छ, हाम्रा धेरै नेपाली पेन्सनहोल्डर छन् ।’

नेपाल–चीन सैन्य अभ्यासबारे पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । भारतीय स्थल सेनाले चीन, श्रीलंका, फ्रान्स, अमेरिका, नेपाल, सेसेल्स र काजकिस्तानसँग द्विपक्षीय सैन्य अभ्यास गर्दै आएको छ । भारत र चीनबीच १९ अक्टोबरमा लद्दाख तथा नोभेम्बर १७ मा पुनेमा सैन्य अभ्यास भएको थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *