पशुपतिनाथमा माग्न बस्नेहरु मोबाइलका सौखिन (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । नेपाल लगायत विश्वका मठमन्दिर तथा तिर्थस्थलमा तिर्थालु मात्रै होइन आफ्नो जीवन निर्वाह गर्न माग्न जानेहरु पनि हुन्छन् । यस्तै हिन्दूहरुको आराध्यदेव श्रीपशुपतिनाथको मन्दिर परिसरमा पनि माग्नेहरु प्रशस्तै भेटिन्छन् ।

काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर परिसरमा हजारौँको संख्यामा माग्नेहरु रहेको अनुमान गर्न सकिन्छ । तिर्थाटनका लागि पुगेहरुले दिने दान दिने गरेका छन् ।

साथै सामान्य रुपमा जाने व्यक्तिहरुले समेत उनीहरुलाई स्वतःस्फूर्त केही रकम दिने गरेका देखिन्छन् । तर, कुनै कुनै माग्नेहरुले भने तिर्थालु तथा बटुवाहरुलाई बाटो छेकेर माग्नेहरु पनि छन् । जसले आन्तरिक र बाह्य पर्यटकहरुलाई असर गरेको देखिन्छ ।

रोचक कुरा त माग्नेहरुको हातमा मोबाइल देखिन्छ । उनीहरु एउटा हात दाता तर्फ र अर्काे हात मोबाइल कानमा राखेर कुरा गर्ने गरेका छन् ।

फोटो /भिडियो -: कृष्ण खडका

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *