नेवारी फिल्मकी हिट नायिका भिन्तुना जोशी भन्छिन्,सौगात मल्लसँग रोमान्स गर्ने मन छ (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । दुई दर्जनभन्दा बढी नेपाल भाषा (नेवारी) को चलचित्रमा अभिनय गरेकी नायिका भिन्तुना जोशीको पहिलो सोलो नायिका बनेर खेलेको नेपाली चलचित्र ‘भ्रम’ प्रदर्शन हुँदैछ । भिन्तुना नेपाल भाषाका धेरै चलचित्रमा अभिनय गर्ने नायिकामा पर्छिन् । नेपाली चलचित्रबाट रजतपटमा प्रवेश गरे पनि उनलाई भने नेवारी चलचित्र नै धेरै फापेको छ ।

हुन त उनले यसअघि ‘मेघा’ नामक चलचित्र खेलेकी थिइन्, जुन चलचित्रमा नम्रता श्रेष्ठ मुख्य नायिका थिइन् । मेघामा छोटो भूमिकामा देखिएकी भिन्तुनाले धेरैको मन जितेकी छन् । सोलो नायिकाको रूपमा उनले खेलेको चलचित्र चाहिँ ‘भ्रम’ हो । भन्छिन्, ‘नेवारी चलचित्र हेर्ने थोरै हुन्छन् । तर नेपाली चलचित्र हेर्ने दर्शकको संख्या धेरै छ । नेपालमा मात्र होइन, विदेशमा पनि सबैले हेर्दछन् ।’ भिन्तुनालाई नेवारी चलचित्रकी नायिकाभन्दा गर्व लाग्छ रे । ‘सुरुवातमा मलाई नेवारी चलचित्र खेल्ने मन थिएन । तर धेरै आग्रहपछि अभिनय सुरु गरें । पहिलो चलचित्रबाटै मैले उत्कृष्ट नायिकाको अवार्ड पाएँ । दुई

दर्जनभन्दा बढी चलचित्र गरिसकें । नेवारी चलचित्रमा धरै काम गर्ने नायिकामा म पनि पर्छु । अहिले गर्व लाग्छ,’ उनले भनिन् । पहिलो नेपाली चलचित्रमा नायक कर्मा शाक्यसँग रोमान्स गर्न पाउँदा खुसी लागेको भिन्तुना बताउँछिन् । ‘म पहिलेबाटै कर्माको फ्यान हँु । उहाँसँग काम गर्न पाउँदा सपना जस्तो लागेको थियो । चलचित्रमा उहाँसँग धेरै रोमान्स भने गरेको छैन, ठिकैको छ रोमान्स हाम्रो ।’
भविष्यमा को को नायकँग रोमान्स गर्न मन छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘अब अभिनेता सौगात मल्लसँग रोमान्स गर्ने मन छ । उहाँको कामबाट धेरै नै प्रभावित भएकी छु । काम गर्न मन छ उहाँसँग, ह्यान्डसम पनि हुनुहुन्छ । ’

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *