लोकमानसिंह कार्की विरुद्धको मुद्दामा आज बहस

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्वन्धि परेको मुद्दामा बिहीबार सर्वाेच्च अदालतमा बहस हुँदैछ ।

यही पुस ८ गतेको ‘हेर्दाहेर्दै’को क्रममा रहेको उक्त मुद्दामाथि बिहीबार विपक्षीका तर्फबाट अधिवक्ताहरुले बहस गर्नेछन् ।
न्यायाधीशरु इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा मुद्दाको सुनुवाई हुनेछ।

पुस ७ गते निवेदकका तर्फवाट कानुन व्यवसायीले बहस गरेका थिए भने पुस ८ गतेवाट विपक्षीका कानुन व्यवसायीले बहस सुरु गरेका छन् । ८ गते कार्कीका तर्फवाट बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता माधवकुमार बस्नेतले बहस गरेका थिए।

कार्कीका तर्फवाट वकालतनामा हालेका वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ताहरु सुशीलकुमार पन्त, बद्रीबहादुर कार्की, महादेव यादवलगायतले बहस गर्नेछन् ।

कार्कीको योग्यता सम्वन्धमा अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *