आज सुशील कोइराला मेमोरियल फाउण्डेशनको उद्घाटन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका स्वर्गीय सभापति सुशील कोइरालाको नाममा स्थापना गरिएको सुशील कोइराला मेमोरियल फाउण्डेशनको बिहीबार उद्घाटन गरिँदैछ ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार अपरान्ह ३ बजे विशेष कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले फाउण्डेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टी कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

फाउण्डेशनका अध्यक्ष नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला हुने भने संरक्षकमा सभापति देउवा छन् ।

यसबीच, तनहुँ महोत्सव उद्घाटन गर्न मध्यान्ह सभापति देउवा त्यसतर्फ प्रस्थान गर्नेछन् । अपरान्ह ३ बजे उनी हेलिकप्टरबाटै काठमाडौं फर्कने कार्यक्रम छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.