पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई सरकारले हटायो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । सरकारले पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई पदबाट हटाएको छ ।पुनर्निर्माणको काम गर्न नसकेको भन्दै सरकारले सिइओ ज्ञवालीलाई सातदिने स्पष्टीकरण सोधेको थियो । उनले बुधबार सरकारलाई स्पष्टीकरण बुझाएका थिए ।

तर, उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र पुनर्निर्माणको काम गर्न असफल रहेको ठहर गर्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पदबाट हटाउने निर्णय गरेको छ ।ज्ञवालीले आफू पाँच वर्षका लागि नियुक्त भएको भन्दै पदबाट हटाए सर्वोच्च अदालत जाने सरकारलाई चेतावनीयुक्त स्पष्टीकरण दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *