मालबाहक ट्रकको ठक्करबाट बालकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर (सप्तरी), २१ पुस । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२ख ६१८० नंको मालबाहक ट्रकको ठक्करबाट आज दिउँसो खोजपुर गाविसको खर्चैया चोकमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पङ्चरा गाविस–९ बस्ने लक्ष्मण रामका सात वर्षीय छोरा अर्जुनकुमार राम रहेका छन् । स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । आक्रोशित उनीहरुले ट्रक तोडफोड गरी पूर्वपश्चिम लोकमार्ग ठप्प पारेका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *