संशोधन विरुद्ध राजधानीमा एमालेको मोटरसाइकल र्‍याली (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पस। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ९ साना दल मिलेर बिहीबार राजधानीमा बृहत मोटरसाइकल र्‍याली निकालेको छ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध आमसभाको अघिल्लो दिन एमालेसहितका प्रतिपक्षी दलले प्रदर्शनीमार्गबाट १५ हजार मोटरसाइकल र्‍याली आयोजना गरेको हो।

र्‍याली प्रदर्शनीमार्ग काठमाडौंबाट सुरु भएर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, सिनामंगल, बत्तीसपुतली, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कमा पुगेर मोटरसाइकल र्‍याली समापन भएको थियो।

भोलि एमालले अपरान्ह १ बजे जनप्रदर्शन रत्नपार्कबाट विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्कमा उतार्दैछ। एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई ९ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।’ तस्बिरहरु: मुकुन्द कालिकोटे

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *