रातो नम्बरको अफवाह फैलाउने गायिका भन्छिन्, ‘मिडियाले मेरो चरित्र हत्या गर्न खोज्यो’ (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस। सामाजिक सन्जालमा रातो नम्बरको आतंक फैलाएको आरोपमा पक्राउ गायिक प्रश्ना पाण्डेले सञ्चार माध्ययममा आफ्नो बारेमा आएको कुरा कपोकल्पित, असत्य र भ्रामक भएको आरोप लगाएकी छन्।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर गायिका प्राश्ना पाण्डेले हिजो अस्ति देखि रातो नं.बाट फोन आउँदा खतरा हुने भन्दै आफ्नो फेसबुक वालमा हटस्क्रिन गरेर हालेको फोटोको बिषयलाई लिएर विभिन्न समाचारमाध्ययम मार्फत आफ्नो बारेमा आएको समाचार तथ्यपूर्ण नभएको र गलत नियतले आएको प्रष्ट पारेकी छिन्।

उनले भनिन्,‘मैले जानेर यो बिषयमा हाम फोलेकि होईन, न कुनै गलत मनसाय थियो, संजोग बस सामाजिक सञ्जालमा भाईरल बनेको बिषय र मैले आफ्नो वालमा फोटो हाल्नुसँगै भयो।’

सिआईबीले आफुलाई पक्राउ गरेर, तारेकमा छोडेको छ भन्ने समाचारले आफू र आफ्नो घर परिवार आफन्तजन र शुभचिन्तकहरूमा पर्न गएको नकारात्मक असरले आफूलाई दु:खी भएको बताइन्।

उनले भनिन्,‘मलाई एकरात सिबिआईले पक्राउ गरेर एकरात हिरासतमा राखेर छोडेको विषय सरासर गलत हो, यस्ता असत्य समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु, यसमा कुनै सत्यता छैन्।’

आफ्नो प्रचार र प्रशंसाको लागि रातो नम्बरबाट फोन आउँदा मरिन्छ भन्ने अर्थ राख्ने स्टाटस हालेको बिषयमा आफू अनविज्ञ रहेको समेत उनले प्रष्ट पारिन्। उनले मलाई जोडेर जुन समाचार प्रकाशन र प्रसारण गर्ने समाचार माध्ययमले नसोचि र वास्तविकता नबुझि भ्रम पर्ने जानेगरि बाहिर आएको असत्य खबरले चरित्र हत्या हुने र सम्बन्धित व्यक्तिको परिवारजनमा पर्ने असरलाई ध्यान नदिएकोमा दुखेसो पोखिन्।

सिबिआईका डिआईजी नबराज सिलवाललेनै उनी यस्मा निर्दोश रहेको र गलत समाचार प्रकाशन नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको बताईन्। आफू कुनै हिरासतमा नबसेको भन्दै आफै अच्चमीत परेको बताईन।

उनले भनिन्, ‘रातो नम्बरबाट फोन आउँदा त्यो किसिमको फोन उठाए पछि मरिन्छ भन्ने हल्ला आफुले सुन्दै आएको र साच्चिकै साथीको मोबाईलमा रातो नम्बरबाट फोन आएको देखेपछि आफू अच्चमित भएर फेसबुकमा पोष्ट गरेकी थिए, त्यो कुराको बारेमा तथ्य नबुझी गलत समाचार बनाएकोमा खेद प्रकट गर्दछु, यस्ता तथ्यहीन कुरालाई समाचार बनाएर व्यक्तिगत जीवनमा असर पर्ने गरि समाचार लेख्नु उपयूक्त होईन, नगरिदिन पनि आग्रह गर्दछु।’

पाण्डेले बजारमा हल्ला पिटेको बिषयको बारेमा आफुलाई केही जानकारी नभएको भन्दै उनले अञ्जानमा भएको एउटा पोस्टले यति धेरै असर पर्छ, अफवाह फिजाउँ छ जस्ता कुरामा अनभिज्ञ रहेको पनि बताईन।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *