राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीलाई हटाएको होइन, फेरि स्पष्टीकरण

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बर्खास्तीका लागि दोस्रो पटक स्पष्टीकरण सोधेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिइओ ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको कुरा बाहिरिए पनि सो सत्य नभएको बुझिएको छ । ज्ञवालीलाई हटाउने योजनाअनुसार मन्त्रिपरिषद् बैठकले दोस्रो पटक स्पष्टीकरण सोधिएको स्रोतले बतायो ।

ज्ञवालीले बुधबार सरकारसमक्ष पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ । अन्तिम पटक मौका दिएको र त्यसलगत्तै उनलाई बर्खास्त गर्ने तयारीमा सरकार रहेको उच्च स्रोतले जानकारी दिएको छ । सम्भवतः आइतबार सरकारले ज्ञवालीलाई हटाउने छ ।

सिइओ ज्ञवालीले आफूलाई हटाएको बारे कुनै जानकारी नभएको भन्दै बिहीबार ५ बजेसम्म कार्यालयमै रहेको जानकारी गराएका छन् । ज्ञवालीलाई सरकारले हटाएको समाचार सार्वजनिक भएलगत्तै प्रमुख प्रतिपक्ष एमालेले सरकारको सो निर्णयको सार्वजनिक रूपमै विरोध जनाएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *