दुवइको सेटिङमा काठमाडौमा सुन

विमानस्थलका कर्मचारीमाथि अनुसन्धान थालिने
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ २२  पुष । २०७०को माघमा विमानस्थलबाट १७ किलो सुन बरामद गरेपछि विमानस्थल अधिकारीकै सेटिङमा ३३ किलो सुन दुवइबाट ल्याउदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले विहिबार बरामद गर्नसफल भएको छ । तोला तोलामा विभाजन गरेर नेपाल ल्याइएको सुन बरामद विमानस्थलको गोल्डेन गेटबाट सिआइवी प्रहरीले बरामद गरेको हो । युएइबाट नेपाल आएका एक युवकको साथमा सो सुन आएको हो । अन्तरदेशीय संगठित गिरोहको सेटिङको आधारमा तस्करहरुले नेपालमा ल्याउदै गरेको सुन प्रहरीले दुवइकै सुचनाको आधारमा बरामद्  गर्न सफल भएको हो ।

एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीले विमानस्थल कर्मचारीकै सहयोगमा सुन ल्याएको बताएपछि सिआइवी कसको त्यो आदेश दियो भन्ने बारेमा थप अनुसन्धान भैरहेको जनाएको छ । ‘यति ठूलो परिणामको सुन कसले कसको सेटिङमा आएको यसको कनेक्सन खोजिरहेका छौ’, सिआइवी प्रमुख सिलवालले भने ‘विमानस्थल कर्मचारीको सेटिङ हो भन्ने खुलेको छैन अधिकारीहरु भन्ने आएको छ त्यसमा प्रहरी वा भन्सार वा अन्य जोपनि हुनसक्छन ।’ प्रहरीका अनुसार भन्सारको स्क्यानिङ मेसिनबाट पार भएका कारण थप अनुसन्धानको विषय भएकाले सिआइवीको अनुसन्धान यूनिटनै खटिएको छ ।

सिआइवी प्रमुखका अनुसार २ सय ४४ वटा १०÷१० तोलाको विस्कुट बरामद भएको थियो । त्यस्तै १८ वटा सिक्री र १९ वटा औंठीको तौल हुन बाँकी छ । बरामद गरिएको सुनको बजार मूल्य करिव १५ करोड रुपैयाँ भन्दा बढी रहेको सिआइवी प्रमुख सिलवालले जनाएका छन् । सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका २ जना दिलबहादुर थापा र सन्तोष काफलेलाई पनि पक्राउ गरेको छ । लगेजभित्र प्लाष्टिकले र्यापिङ गरेको सुन प्रहरीले बरामद गरेर गौशला प्रहरी वृत्तमा लगी सञ्चारकर्मी सामु सार्वजनिक गरिएको थियो ।

विमानस्थलको सुरक्षा जाँच पार गरेर गोल्डेन गेटमा आएका बेला सुन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहीले विमानस्थलका अधिकारीको सेटिङमा सुन ल्याएको प्रहरीसमक्ष बताएका छन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । लगेजबाट २६ वटा सुनका विस्कुट बरामद गरिएको छ । अरु याप गरिएको अवस्थामा पनि सुन रहेको सिलवालले बताए ।

अर्को लगेजबाट पनि सुन बरामद भएको डिआइजी सिलवालले बताएका छन् । पक्राउ परेका शाही भरिया भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शाही हिजो मात्रै दुवइबाट आएका हुन उनको लगेज आज आइपुग्ने भएकाले लगेज लिन विमानस्थल पुगेर लगेज लिई बाहिर निस्कन लाग्दा सिआइवीको टोलीले उनलाई पक्राउ गरको थियो ।

युएइबाट नेपाल आउनेलाई सुन पठाउने गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ । सिआइवी प्रमुख सिलवालका अनुसार सुन बोकाएर पठाउने व्यक्ति अर्के भएको र शाही भरिया मात्रै हुन । स्रोतका अनुसार दुवइबाट भरियाको फोटो खिचेर नेपालस्थित एजेन्टलाई पठाउने र नेपालस्थित एजेन्ट विमानस्थलमा पुगेर सुन लिने गरेको छ ।

विमानस्थलमा रहेको भन्सारबाटै यसअघि हङकङबाट आएको सुन तस्करी हुने गरेको भएपनि पछिल्लो समयमा सानो सानो परिमाणमा मात्रै सुन बरामद गरिदै आएको थियो । यसपटकको सुन सिआइवीले आफ्नै सुचना प्रयोग गरेर बरामद गरेको छ । बरामद भएको सुन पक्राउ गर्नै कोही पनि सुराकी नभएको प्रहरीले जनाएको छ ।

विमानस्थलमा भन्सारका कर्मचारी, नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुुसन्धान विभागका कर्मचारीहरु विशेष निगरानीमै बसेका हुन्छन । उनीहरुको आखा छलेर कसरी करोडौ मुल्य बराबरको सुन बाहिर गयो भन्ने विषयमा सबै निकायका अधिकारीहरु रातभरी नै छलफलमा जुटेका छन् । स्रोतका अनुसार विमानस्थलको सुरक्षा र त्यहा कार्यरत कर्मचारीहरुकै लापारवाही हो या संलग्नता हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्नुपर्ने जनाइसकेको छ ।

यस्तो छ तस्करीको जालो

२०५५ सालमा विमानस्थलबाट हुने गरेको सुन तस्करीको सम्बन्धमा गृह मन्त्रालयका सचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समीतिले ०५५ को असार र साउन दुई महिनामा विमानस्थलमा भएका घटनाको अध्ययन गरेपछि विमानस्थल अवैध सुन तस्करीको ट्रान्जिट प्वाइण्ट भएको निकर्ष निकालेको थियो ।

समितकै प्रतिवेदन अनुसार त्यतिबेला १५ किलो अवैध सुन विमानस्थलबाट बरामद गरेको थियो । समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा अनुसार सुनदेखि डलर तस्करीमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धन विभागका कर्मचारीसम्मको मिलेमतो हुने गरेको देखिएको थियो । प्रहरीले जतिपनि सुन तस्करीमा पक्राउ गरेको छ सुन तस्करीमा भरिया मात्रै पक्राउ परेपनि प्रहरीले अहिलेसम्म ठुला सुन तस्करीका नाईकेहरु ओमप्रकाश बज्रचार्यसहित केही भारतीय व्यापारी मात्रै सार्वजनिक गरेको छ । अन्य भने उम्किएका छन् ।

तथ्यांक अनुसार २९ वर्षअघी सुर्खेतबाट निर्वा्चित तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बूढा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट साढे २२ किलो सुनसहित पक्राउ परेका थिए । बूढाले चुनावी खर्चका निम्ती त्यतिका धेरै सुन हङकङबाट ल्याएको बताएका थिए । त्यतिबेला उनलाई प्रहरीले सामान्य मुद्धामा छाडेको थियो । पञ्चायत कालमा भरत गुरुङ र पूर्व प्रहरी महानिरिक्षक डिबी लामा पनि सुन तस्करीको अभियोगमा पक्राउ परेका थिए ।

प्रहरी अधिकारीहरूका अनुसार नेपाल–भारत, चीन तथा खाडी मुलुकमा सक्रिय अन्तरदेशीय तस्करले आपराधिक गतिविधिबाट कमाएको पैसा सुनमा लगानी गर्दा तस्करी बढेको छ । चीनबाट अवैध रूपमा नेपाल भित्रिएको सुन काठमाडौं हुँदै भारत पुग्छ । र, पुनः तस्करीबाट नेपाल भित्रिन्छ । यसले देशको ठूलो धनराशि बिदेसिनेमात्रै नभई तस्करका कारण सिंगो अर्थतन्त्र नै धरापमा पारेका छ ।

तस्करहरूले नेपाललाई ‘ट्रान्जिट’ बनाई भिœयाएको सुन भारतीय बजारमा लगेर बिक्री गर्ने गरेको स्रोतको भनाइ छ । १ किलो अवैध सुन भारतसम्म पु¥याउँदा तस्करहरूले २ लाख रुपैयाँसम्म लिने गरेको प्रहरी बताउँछ । सुरक्षा संयन्त्रलाई छलेर दैनिक ३० देखि ४० किलोसम्म सुन तस्करीबाट नेपाल भित्रिने गरेको अनुमान छ । ३ वर्षयता तस्करीमा संलग्न करिब ५० भन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *