मुख्यसचिव सुवेदीको लापरबाही, नियुक्ति नै नभएका घिमिरेलाई बिमा समितिको अध्यक्ष भएको प्रचार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । मुख्यसचिव मन्त्रिपरिषद् बैठकको सदस्य सचिव हुन्छन् । मन्त्रिपरिषद् बैठकको माइन्युट गर्ने, एजेन्डा के छ त्यसबारे मन्त्रीहरूलाई जानकारी गराउने तथा बैठक बस्दैछ भनेर सूचना दिने काम मुख्यसचिवको हो ।

तर, मुख्यसचिव डा.सोमलाल सुवेदीले गत हप्ता मन्त्रिपरिषद् बैठकको एउटा यस्तो निर्णय सार्वजनिक गरिदिए, त्यो चार दिनपछि झुटो ठहरियो । त्यो निर्णय हो, बिमा समितिको अध्यक्षको नियुक्ति ।
बाबुराम भट्टराई सरकारको पालामा समितिको अध्यक्षमा डा.फत्तबहादुर केसी नियुक्त भएका थिए । उनको कार्यकाल सकिएपछि सरकारले खुला प्रतिस्पर्धाका आधारमा अध्यक्ष नियुक्ति गर्ने निर्णय ग¥यो । सोहीअनुसार विज्ञापन आह्वान भयो ।

अध्यक्षका लागि आधा दर्जनले परीक्षा दिए । पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकमा अध्यक्षका लागि कसलाई नियुक्ति गर्ने भन्ने विषयमा सामान्य छलफल भयो । अर्थमन्त्री कृष्णबहादुर महरालगायतले डा.रवीन्द्र घिमिरेको नाम प्रस्ताव गरे । तर निर्णय हुन सकेन ।  बैठकपछि मुख्यसचिव सुवेदीले भने आफू निकट पत्रकारहरूलाई समितिको अध्यक्षमा रवीन्द्र घिमिरे नियुक्त भएको समाचार टिपाए । तर, घिमिरेलाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय माइन्युट नै भएको थिएन, स्रोतले भन्यो । त्यसपछि घिमिरेलाई बधाईको ओइरो आउन थाल्यो ।

चार दिनसम्म घिमिरेले अध्यक्षमा नियुक्त हुन सफल भएको भन्दै बधाई खाइरहे । तर, मन्त्रिपरिषद्को तीन दिनअघि बसेको बैठकले नेपाल राष्ट्र बैंकको पोखरा शाखाका निर्देशक चिरञ्जीवी चापागाईं बिमा समितिको अध्यक्ष नियुक्त ग¥यो ।

यसअघि नियुक्त गरिएको भनिएका घिमिरेको नियुक्ति नै गलत सावित भयो । बिमा विषयमै विद्यावारिधि गरेको डा.घिमिरे पोखरा विश्वविद्यालयका सहप्राध्यापक हुन् । घिमिरे माओवादी केन्द्र निकट मानिन्छन् । त्यही भएर उनी अध्यक्षमा नियुक्त भएको प्रचार गरिएको थियो । जसमा मुख्यसचिव सुवेदीले गम्भीर गल्ती गरेको भन्दै मन्त्रीहरूले असन्तुष्टि सार्वजनिक गरेका छन् ।
सरकारले चापागाईंलाई आगामी चार वर्षका लागि समितिको अध्यक्षमा नियुक्त गरेको हो । समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले चापागाईं र प्रा. डा.घिमिरेको नाम सिफारिस गरेको थियो ।
बाग्लुङको अमलाचौरका चापागाईं एक वर्षदेखि राष्ट्र बैंकको पोखरा शाखाको निर्देशकका रूपमा कार्यरत छन् । यसअघि उनी बैंकको अनुसन्धान विभागमा थिए । उनीसँग अनुसन्धान विभागमा पाँच वर्ष काम गरेको अनुभव छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.