कांग्रेस–माओवादीलाई ठूलो झट्का, राप्रपाले संशोधनको विपक्षमा मतदान गर्ने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । संविधान संशोधन विधेयक पारित गराउन भगीरथ प्रयासमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ । संसद्को चौथो ठूलो दल राप्रपालगायतका दलहरुको सहयोगमा सो विधेयक पारित गराउन प्रयासरत कांग्रेस–माओवादीलाई राप्रपाले सहयोग नगर्ने भएपछि झट्का लागेको हो ।

एमालेसहित नौ वटा विपक्षी दलहरुले सो विधेयक राष्ट्रघाती रहेको भन्दै फिर्ताको माग गर्दै आन्दोलनमा रहेका बेला सत्तारुढ दल राप्रपाले नै सहयोग नगर्ने भएपछि कांग्रेस–माओवादी अप्ठारोमा परेका छन् । विधेयकका केही दफा राष्ट्रहित विपरीत रहेको राप्रपाको निष्कर्ष छ ।

उक्त विधेयकका विषयमा आफूहरुसँग छलफल नै नगरेकाले विधेयकको पक्षमा मतदान गर्न नसकिने राप्रपाले बताएको छ । रिपोर्टर्स क्लव नेपालले शुक्रबार बुझाएको ज्ञापन पत्र बुझ्दै राप्रपा अध्यक्ष कमल थापाले संसद्मा दर्ता भएको संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताएका हुन् ।

संशोधन विधेयक ल्याउँदा राप्रपा सत्तारुढ दल भएपनि छलफल नगरेको गुनासो गर्दै अध्यक्ष थापाले भने, ‘दलहरुवीच समझदारी नबनाइकन यो विधेयकलाई बढाउनुहुँदैन्, यथास्थितिमा हाम्रो पार्टीले यो विधेयकको समर्थन गर्दैन् ।’

सो विधेयक ल्याउने बेलामा छलफल नगरेकाले राप्रपा नैतिक बन्धनमा समेत नरहेको जिकीर गरेका उनले भने, ‘विधेयकका केही दफाहरु राष्ट्रिय हित अनुकुल नरहेको हुँदा समर्थन गर्न सकिन्न ।

विधेयकको विपक्षमा ५ नम्बर प्रदेशका जनताहरु आन्दोलित भएका र एमाले लगायतका विपक्षी दलले संसद अवरुद्ध गरेको वर्तमान अवस्थामा विधेयकलाई थाती राखेर नयाँ शिरामा समझदारी कायम गरेर अघि बढ्नु पर्ने अध्यक्ष थापाको भनाइ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका उनले सर्वोच्च अदालतको फैसलाले विधेयकको बारेमा छलफल गर्ने ढोका खुलेको भएपनि राजनीतिक विषय रहेकाले राजनीतिक तवरबाटै टुंग्याउनु पर्ने तर्क गरे ।

अध्यक्ष थापाले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यतालाई मध्यनजर गर्दै तत्काल निर्वाचन हुनुपर्ने माग गरे। उनले यही संसदको कार्यकालभित्रै मुलुकलाई हिन्दूराष्ट्र बनाउन र धर्मनिरपेक्षता खारेज गर्नको लागि प्रस्ताव लैजाने जानकारी दिए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.