रेडियो प्रसारक संघको चुनावमा कांग्रेस, माओवादी, मधेसी र राप्रपाबाट किशोरजंग कार्की नेतृत्वको संयुक्त प्यानल, एमाले एक्लियो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । क्रियाशील पत्रकारहरूको चारवटा संघले सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को सातौं अधिवेशनमा संयुक्त प्यानल खडा गर्ने भएका छन् ।

शुक्रबार बिहान भएको नेपाल प्रेस युनियन, प्रेस सेन्टर, मिडिया नेपाल र मधेसी पत्रकार समाज नेपालबीच आज हुन गइरहेको रेडियो प्रसारक संघमा किशोरजंग थापाको नेतृत्वमा संयुक्त प्यानल निर्माण गरेर जाने निर्णय भएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संविधानको अग्रगामी कार्यान्वयनमा सहमत हुने पक्षहरू एकै ठाउँमा उभिनुको विकल्प छैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मिडिया बहुलता र स्वतन्त्र रेडियोको विकास र संरक्षणमा प्रतिबद्ध हुँदै संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा संयुक्त रूपमा उम्मेदवारी दिन हामी सहमत भएका छौं,’ सहमतिपछि चारवटै पत्रकार संस्थाका अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहमति पत्रमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल र मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले हस्ताक्षर गरेका छन् ।रेडियो प्रसारकको चुनावमा एमाले पत्रकारहरूले सुवास खतिवडाको नेतृत्वमा छुट्टै प्यानल खडा भएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *