सरकारले साेधेकाे २४ घण्टे स्पष्टिकरण पत्र ज्ञवालीले बुझे

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । सरकारले पठाएको २४ घण्टे स्पष्टिकरण पत्र पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील ज्ञवालीले बुझेका छन्।

यसअघि सोधिएको स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सरकारले दोस्रो पटक स्पष्टिकरण सोधेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार शुक्रबार दोस्रो पटक पठाएको स्पष्टिकरण पत्र ज्ञवालीले बुझेका हुन् ।

दोस्रो पटक सोधिएको स्पष्टिकरणमा ज्ञवालीलाई पदबाट नहटाउनु पर्ने कारण बारे सोधिएको छ । यसको जवाफ २४ घण्टाभित्र ज्ञवालीले सरकारलाई बुझाउनु पर्नेछ ।

उनलाई दोहोर्याएर स्पष्टिकरण सोधिनु ज्ञवालीलाई पदबाट हटाउने सरकारको उद्देश्य रहेको कतिपयले टिप्पणी गरेका छन् । पहिलो स्पष्टिकरणको जवाफ दिने क्रममा ज्ञवालीले सरकारका कारण पुनर्निर्माणका कार्य राम्रो हुन नसकेको बताएका थिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *