तीतो सत्यका कलाकारको नयाँ टेलिफिल्म ‘टेन टु फाइभ’आउँदै (भिडियो रिपोर्ट)

निर्मल शर्मा र कमल मैनाली निर्देशक
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । लोकप्रिय हास्य टेलिफिल्म ‘तीतो सत्य’ का कलाकारहरूको अभिनय रहेको नयाँ टेलिफिल्म ‘टेन टु फाइभ’ चाँडै प्रसारणमा आउने भएको छ । एपीवान (अन्नपूर्ण) टेलिभिजनबाट माघको पहिलो सातादेखि प्रसारणमा आउने टेलिफिल्म ‘टेन टु फाइभ’ को निर्देशन निर्मल शर्मा (गैंडा) र कमल मैनालीको रहनेछ । टेलिफिल्ममा निर्मल शर्मा, केशव भट्टराई,  कमल मैनाली, रवि शर्मा (घाटो)  मणिराज गौतम,मोडेल सन्दिप शाही,रामेश्वोर केसी,   कलाकारले अभिनय गर्दैछन् । हरेक भागमा कथाअनुसार नयाँ कलाकारको प्रवेश हुनेछ ।

टेन टु फाइभ टेलिफिल्मको शीर्ष गीत पत्रकार शान्तिप्रियले लेखेका छन् । गीतमा जेम्स प्रधानको संयोजन र स्वर रहनेछ । संगीत दीपक शर्माले भरेका छन् । ‘टेलिभिजन भनेको यस्तो माध्यम हो, जसबाट कलाकारले आफ्नो कलाकारिता छिनभरमै संसारभरि देखाउन पाउनेछन्, १३ वर्षसम्म तीतो सत्यमा हामीलाई माया गरिदिनुभयो,’ शर्माले भन्छन्, ‘सरकारी कार्यालय, अड्डा अदालतमा १० देखि ५ बजेसम्म काममा जाने सेवाग्राहीलाई

कसरी झुलाइन्छ, कति दिन धाउन लगाइन्छ ? त्यसबारे देखाउने प्रयत्न गरिनेछ ।’शर्माका अनुसार राति साढे ७ बजे र साढे ८ बजे (एकै दिन) दुईपटक टेन टु फाइभ प्रसारण हुनेछ । एप्समार्फत संसारभरिका दर्शकले टेलिफिल्म लाइभ हेर्न सक्ने शर्माले जानकारी दिए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *