प्रदेश टुक्राएर मुलुक विभाजन गर्ने ग्रायण्ड डिजाइन सफल हुन दिन्नौँ– चित्रबहादुर केसी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक टुक्राउने ग्रायण्ड डिजाइन सफल हुन नदिने चेतावनी दिए ।

संविधान संशोधन विधेयक विरुद्ध काठमाडौंमा जारी विपक्षी नौ दलको कार्यक्रममा उनले अत्याधिक बहुमतले जारी भएको संविधान ९ प्रतिशतले जे भने त्यही गर्नुपर्ने प्रश्न गरे ।

भारतको खेलमा मधेशी मोर्चाले माग उठाएको घुमाउरो पारामा भन्दै उनले मोर्चाको माग सम्बोधन गर्न र निर्वाचनमा ल्याउन सत्तारुढ दलले प्रदेशको सीमांकन हेरफेर गर्न खोजेर मुलुक टुक्राउन उद्दत भएको आरोप लगाए ।

नेपालीको मुटु चुँडेर प्रदेशको सीमांकन हुन नदिने उनको भनाइ छ । नेपाललाई भुटानीकरण हुन नदिने भन्दै उनले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताए । ‘आफ्नो संविधान नेपालीले बनाउँदा भारतलाई किन टाउको दुख्यो’, उनको प्रश्न छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *