डा. बाबुराम भट्टराईको माग– पुनर्निर्माण प्राधिकरण खारेज गरौँ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अपेक्षाकृत काम गर्न नसकेको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि अझै आठ लाख भूकम्प पीडित घरमा बस्न नपाउनु दुःख अवस्था अझै रहेको बताए ।

लोकतन्त्रको खानदानी ठेकेदारदेखि क्रान्तिकारीका नवधनाढ्य ठेकेदारसम्मले नेपालीलाई ऋण बोकाएर आफ्ना मान्छेलाई रकम बाँढ्ने मान्छे फेर्ने काम भइरहेको उनको आरोप छ ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील ज्ञवालीलाई सरकारले दोस्रो पटक स्पष्टीकरण सोधिएका बेला आएको भट्टराईको ट्वीटमा समस्या सिईओमा नभइ प्राधिकरणको हैसियत र संरचनामा रहेको उल्लेख छ ।

डा. भट्टराईले वरिष्ठ मन्त्री तथा सके उपप्रधानमन्त्रीको हैसियतमा विज्ञ, राजनीतिज्ञ, प्रशासकको क्षमता भएको व्यक्तिको नेतृत्वमा मन्त्रिपरिषद् वा संसद्प्रति जिम्मेवार हुनेगरी राज्यका सबै अङ्ग र साधन स्रोतको उपयोग गर्न सक्ने गरी अर्काे प्राधिकरण गठन गर्नु पर्ने माग गरेका हुन् । यसरी गठन गरिने प्राधिकरणले मात्रै भूकम्प पीडितको काम गर्न सक्ने भट्टराईको ठम्याइ छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *