प्रधानमन्त्रीलाई ग्रिन सिग्नल दिएको छैन– सर्वाेच्च अदालत

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । सर्वोच्च अदालतले संविधान संशोधनबारे प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशले राय दिएको भन्ने सार्वजनिक समाचारको खण्डन गरेको छ ।

सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तीमा समाचारमा उल्लेख भएजस्तो प्रधानन्यायाधीश सुशिला कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधान संशोधनका विषयमा कुनै राय सल्लाह नदिएको बताएका छन् ।

उक्त खबरप्रति सर्वाेच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको यसमा कुनै सत्यता नरहेको उल्लेख गरिएको विज्ञप्तिमा स्वतन्त्र न्यायपालिकाको मर्ममाथि प्रहार हुने तथा भ्रम सिर्जना हुने विषय सम्प्रेषण नगर्न आग्रह गरिएको छ ।

संशोधन विधेयकबारे प्रधानमन्त्रीलाई ‘प्रधानन्यायाधीशको ग्रिन सिग्नल’ शीर्षकमा शुक्रबार एक पत्रिका समाचार छापिएपछि सर्वाेच्च अदातले यसको खण्डन गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *