७१९ वटा स्थानीय तहको निर्धारण गरिएको प्रतिवेदन महत्वपूर्ण दस्तावेज– प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदन संविधान कार्यान्वयनका लागि महत्वपूर्ण दस्तावेज भएको बताएका छन् ।

शुक्रबार स्थानीय तह पूनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई प्रतिवेदन बुझाएपछि आयोगलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले आयोगको प्रतिवेदन संविधान कार्यान्वयनका लागि महत्वपूर्ण दस्तावेज हुने बताएका हुन् ।

‘हामी संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं । आयोगको प्रतिवेदन अत्यन्तै संवेदनशील र दूरगामी महत्व राख्ने दस्तावेज हो ’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले आयोगले बुझाएको प्रतिवेदन शिघ्र कार्यान्वयनमा लैजाने बताउँदै कार्यान्वयनको आवश्यक गृहकार्य गर्न स्थानीय विकास मन्त्री हितराज पाण्डे र नेपाल सरकारका मूख्यसचिव डा. सोमलाल सुवेदीलाई निर्देशन समेत दिए । सो अवसरमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा लगायत सरकारका मन्त्रीहरु उपस्थित हुन् ।

प्रतिवेदन बुझ्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डले सरकारको प्राथमिकताको यथार्थ बुझी आयोगले तोकिएकै समयमा काम सम्पन्न गरेकोमा धन्यवाद दिए ।

स्थानीय तह पुनर्संरचना आयोगले ७१९ वटा स्थानीय तहको निर्धारण गरेको छ । यसअघि ३ हजार बढी स्थानीय निकायहरु थिए । प्रतिवेदन अनुसार महानगरपालिका ४, उपमहानगर १२, नगरपालिका २ सय ४१ र गाउँपालिका ४ सय ६२ वटा रहनेछन् ।

काठमाडौं, ललितपुर, चितवन र पोखरा महानगर बनाउन प्रस्ताव आयोगले गरेको छ । आयोगले विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटही, धरान, बुटवल, तुल्सीपुर, घोराही, टिकापुर र नेपालगञ्ज उपमहानगर बनाउन प्रस्ताव गरेको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.