बरामद सुनबारे गृहमन्त्रीको चासो, भारतीय र नेपाली दुवै तस्करको मिलेको आशंका

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ पुस । ३३ किलो सुन ओसार पसार गर्ने तीन जना भरियालाई प्रहरीले संगठित अपराधको मुद्धा चलाउने भएको छ । दुवइबाट विमानस्थल भन्सार छलेर गोल्डेन गेट नजिक फेला परेको ३३ किलो सुन संगठित समूहले ल्याएको आशंकामा सो मुद्धा लगाउन लागिएको प्रहरीले जनाएको ।

शुक्रबार गृहमन्त्री विमलेन्द्र निधिले सो विषयमा गम्भीर चासो देखाएपछि सुन बरामद गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) प्रमुख डिआइजी नवराज सिलवालले संगठित अपराधिक समूहको संलग्नता रहेको विफ्रिङ गरेका थिए । डिआइजी सिलवालको सो विफ्रङपछि संगठित आपराधिक समूह जिम्मेवार रहेको आशंकामा गृह मन्त्रालयले अनुसन्धान अगाडि बढाउन सिआइवीलाई निर्देशन दिएको छ ।

विहिबार सो सुन बरामद भएपछि गृहमन्त्री निधिले शुक्रबार दिउसो नेपाल प्रहरीका महानीरिक्षक उपेन्द्रकान्त अर्याल र सिआइवी प्रमुख सिलवालसँग जानकारी लिएका थिए । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुन भन्सार पास भएर बाहिरिएपछि सिआइवीले पिङ्गलास्थानमा पक्राउ गरेको थियो । भन्सारमा रहेको एक्सरे मिसिनमा देखिनुपर्ने वस्तु कसरी बाहिर आयो भन्ने सम्बन्धमा अनुसन्धान गर्ने विषयमा शुक्रबार गृहमन्त्री निधिले प्रहरी महानीरिक्षक अर्याल र गृहसचिव र सिआइबी प्रमुख सिलवाल तथा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारीसँग छलफल गरेका थिए ।

स्रोतका अनुसार गृहमन्त्री निधिलाई सिलवालले ब्रिफीङ गर्दै ‘सो घटनामा संगठित अपराधिक समूहको संलग्नताको आशंका’ रहेको बिफ्रिङ गरेका थिए । गृहमन्त्री निधिले सो आपराधिक समूहको पहिचान गरेर नियन्त्रणमा लिएर कडा कारवाही गर्न निर्देशन दिएका छन । साथै गृहमन्त्रीले सो घटनाको अनुसन्धान गर्न डिआइजी नवराज सिलवाललाई जिम्मा दिएका छन् ।

सुन पक्राउ लगत्तै भारतीय नागरिकले मगाएको देखिए पनि नेपाली नागरिकको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । गृहमन्त्रीको सो निर्देशनपछि सिआइवीमा प्रहरी महानीरिक्षक अर्यालसहित विशेष वैठक बसेको थियो । सो बैठकमा गम्भीर प्रकृतिको घट्ना भएकाले यसलाई प्रहरीले अनुसन्धान मिहिन ढंगले गर्ने र सोही अनुसारको नतिजा सार्वजनिक गर्ने निर्णय समेत भएको स्रोतले दावी गरेको छ ।

यसैगरी विमानस्थलमा सुरक्षा व्यवस्था पनि कडा बनाउन प्रहरीले विमानस्थल प्रहरी प्रधानकार्यालयले निर्देशन दिएको छ । विमानस्थल प्रहरी र भन्सार कर्मचारीले समन्वय गर्न नसकेको हो वा उनीहरुको वीच खटपट भएको हो भन्ने विषयमा पनि प्रहरीले गम्भीर समीक्षा गर्ने भएको छ ।

आगमन कक्षमा रहेको एक्सरे मेसिनमा भन्सारका अधिकारीहरुमात्रै रहने भएकाले प्रहरीले आफ्नो संलग्नता अस्वीकार गर्न सक्ने भएपनि विमानस्थल प्रहरीमा डिआइजीकै नेतृत्वमा रहने भएकाले त्यहा पनि सर्वसाधारण प्रश्न उठाएको भन्दै जो कोहीको संलग्नता देखिए त्यसलाई कारवाही गर्न पछि नपर्ने प्रहरी जनाएको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.