हट मोडल माला पर्वमा निश्चलसँग यसरी कम्मर मर्काउँदै गर्दा भेटीइन् (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । निर्देशक निश्चल बस्नेत बहुआयामिक प्रतिभाका धनी मानिन्छन् । निर्देशनका अलावा आँफुलाई अब्बल कलाकारको रुपमा परिचय दिइसकेका उनी एक कुशल गायक पनि हुन् । हुँदै हुँदै उनी नृत्यमा पनि जमीरहेका छन् । लुट २ मा ठमेल बजारको गीतमा एलिसा राईसँग रोमान्स गरेका निश्चलले चलचित्र ‘पर्व’को एक आइटम गीतमा मोडल माला लिम्बुसँग पनि ‘काले काले’ बोलको गीतमा अनस्क्रिन रोमान्स गर्न भ्याएका छन् ।

जसको छायांकन हिजोबाट ललितपुर च्यासल खेल मैदानको पछाडि सेट लगाएर यो छायांकन भैरहेको छ । चलचित्रमा माला मुख्य भूमिकामा छिन् भने निश्चललाई दर्शकले यहि आइटम गीतमा मात्र देख्न सक्नेछन् । सुवास गिरी र निकिता पौडेलको लगानीमा निर्माण हुने यो फिल्म १ महिनामा छायांकन सकिने बताइएको फिल्मको निर्देशन दिनेश राउतले गर्दैछन् ।

गीतमा निश्चल बस्नेत र मिना निरौलाको स्वर, दिनेश राउतको शब्द, कोशिश क्षेत्रीको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले खिचिरहेका छन् । आइतबारसम्म यो गीतको छायांकन हुने गीतका भव्य सेट े राजु पेन्टरले तयार पारेका हुन् जसको चैत्र २५ गतेका लागी रिलिज डेट समेत तय गरिसकिएको छ ।  फोटो / भिडियो: आर्यन बिमली 


Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *