विखण्डनकारी राष्ट्रवादले कसैको हित हुँदैन– उर्जामन्त्री

  •  
  •  
  •  
  •  
  •  

रौतहट, २३ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले विखण्डनकारी राष्ट्रवादले कोही कसैको हित नगर्ने बताएका  छन  । प्रेस सेन्टर नेपाल रौतहट शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा त्यसलाई अवरोध गर्ने, मधेसी, आदिवासी, जनजाति थारु र अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भन्नु संविधान नै असफल बनाउने प्रवृत्ति भएको उल्लेख गरे ।

संसद्लाई बन्धक बनाएर निर्वाचनको मात्र कुरा गर्नुले प्रतिपक्षीहरु निर्वाचन चाहेका छैनन् की भन्ने आशङ्का उत्पन्न भइरहेको उनको कथन थियो । नेपालको सार्वभौमसत्ता, अखण्डता र गणतन्त्र बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने भएकाले संविधान संशोधन हुनै सक्दैन भन्नु निरङ्कुश चरित्र भएको उहाँको टिप्पणी थियो । “निरङ्कुश संविधान मात्रै संशोधन हुन सक्दैन, लोकतान्त्रिक संविधान संशोधन हुन्छ”–उनले भने।

आफूहरु सरकारमा रहँदा वा नरहँदा मधेसी, आदिवासी जनतजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्नुपर्छ भनेर लागेको र अहिलेको संशोधन प्रस्ताव पनि सोही प्रयोजनकालागि ल्याइएको उनले स्पष्ट पारे ।

उनले फरक एक प्रसङ्गमा तराई मधेसका क्षेत्रमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेकाले त्यसलाई रोक्न स्थानीय युवालाई परिचालित हुन आग्रह गर्नुभयो । त्यस्तै गौर र कलैयालाई हुकिङ मुक्त क्षेत्र बनाउने अभियान घोषणा गरिएकाले त्यसलाई कार्यान्वयन गर्न सबैको सहयोग जरुरी रहेको उहाँको भनाइ थियो । पत्रकार सम्मेलनमा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतसिंहको उपस्थिति थियो ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.