चितवनमा आगलागीबाट करिब सात लाख क्षति

  •  
  •  
  •  
  •  
  •  

रत्ननगर (चितवन), २३ पुस । चितवनको रत्ननगरस्थित बद्रेनीमा रहेको एउटा घरमा आगलागी हुँदा करिब रु सात लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार आज दिउँसो रत्ननगर नगरपालिका वडा नं १७ स्थित बद्रेनीमा रहेको मायाँ तामाङको घरमा आगलागी हुँदा सो क्षति भएको हो ।

एक्कासि आगलागी हुँदा उनको घर र गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरी चौकी बछौलीबाट गएको प्रहरीको एक टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीका कारण मानवीय असर भने नपरेको तर अन्नपात भने जलेको जनाइएको छ । आगलागीको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा दुई घाइते

यसैबीच, आज चितवनको दारेचोकस्थित मुग्लिन बजारमा काठमाडौँबाट आउँदै गरेको ना ६ क ३५५४ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ४५ प ३४४० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।

यसरी घाइते हुनेमा काठमाडाँै नयाँबजार बस्ने ३६ वर्षीय राजु श्रेष्ठ र उनकी श्रीमती ३० वर्षीया चन्द्रा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.