आज संसद् बैठक बस्दै, सत्ता र प्रतिपक्षको आ–आफ्नै तयारी, एमालेले संशोधन प्रस्ताव टेबुल गर्न नदिने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतको निर्णयपछि आइतबार बस्न लागेको व्यवस्थापिका संसद्को बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवै रणनीतिक हिसावले अघि बढ्ने तयारी थालेका छन् । प्रमुख प्रतिपक्ष एमालेले आज बस्ने संसद् बैठक अवरुद्ध नगर्ने विश्वासमा सत्ता पक्ष कांग्रेस–माओवादी छ । तर, सीमांकनको बुँदा नहटाई संशोधन प्रस्ताव पेस गरिए संसद् बैठक अवरुद्ध गर्ने मनस्थितिमा एमाले छ । शनिबार उपाध्यक्ष वामदेव गौतमको निवासमा बसेको एमाले स्थायी समिति बैठकले तत्काल संसद् खुलाउन नसकिने निर्णय गरेको हो । एमालेसहितका विपक्षी नौ दल कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आज बिहान बैठक बस्दैछन् ।

बैठक अवरुद्ध नभएमा सरकार संविधान संशोधन विधेयक र निर्वाचनसँग जोडिएका विधेयकलाई संसदमा एकैसाथ अघि बढाउने पक्षमा छ । संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसद्कै छलफलको बिषय भएको भन्दै सर्वोच्चले प्रक्रिया रोक्न नमिल्ने आदेश गत सोमबार दिएको थियो । सर्वोच्चको आदेशपछि एमाले नेताहरूको आग्रहमा सभामुख ओनसरी घर्तीले पाँच दिनका लागि संसद् बैठक स्थगित गरेकी थिइन् ।

त्यसदिनको तीन दलको बैठकमा एमाले दलका उपनेता सुवासचन्द्र नेम्वाङले सहमतिका लागि केही दिन समय दिन आग्रह गरेका थिए । तर, एमालेसहित विपक्षी दल २२ गतेको जनप्रदर्शनमा उपस्थित मानिसको भीड देखेर उत्साही भएको देखिएका छन् ।

सभामुखले बोलाइन् प्रमुख दलका शीर्ष नेताको बैठक
पाँच दिन संसद् बैठक स्थगित गर्दा पनि सत्तापक्ष र विपक्षी दलबीच संसद् खुलाउने विषयमा छलफल नभएपछि सभामुख घर्तीले आज प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएकी छन् । संसद् बैठक बस्नुअघि नै कसरी अगाडि बढ्ने भन्ने विषयमा सभामुखले छलफल गर्ने उनका प्रेस सल्लाहका बबिन शर्माले जानकारी दिए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *