पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीले बुझाए दोस्रो पटक स्पष्टीकरण, सरकारले अब के गर्ला ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टीकरण बुझाएका छन् । ज्ञवालीले बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर दोस्रो पटक सोधिएको २४ घण्टे स्पष्टीकरण बुझाएका हुन् ।

दोस्रो पटकको स्पष्टीकरणमा पनि ज्ञवालीले आफूले कर्मचारी र सरकारको असहयोगले काम गर्न नसकेको आरोप लगाएका छन् । यसपटक उनले ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन् । पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणमा ढिलाइ भएको र काम सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई सात दिने स्पष्टीकरण सोधेको थियो ।

ज्ञवालीले बुधबार प्रधानमन्त्री र सरकारी निकायहरूकै असहयोगका कारण पुनर्निर्माणमा समस्या भएको भन्दै ७२ पृष्ठ लामो लिखित जवाफ बुझाएका थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई ‘तपाईलाई किन नहटाउने’ भन्दै २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

ज्ञवालीले दोस्रो पटक पनि स्पष्टीकरण बुझाएकाले अब सरकारले के निर्णय गर्ला भन्ने चासो उत्पन्न भएको छ । प्रचण्ड नेतृत्वमा सरकार बनेदेखि प्राधिकरणबाट ज्ञवालीलाई हटाउने पहल सुरु भएको थियो ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *