मेट्रो रेलसहित ठूला आयोजना सञ्चालन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । लगानी बोर्डले मेट्रो रेल सहित विभिन्न जल विद्युत लगायतका ठूला आयोजना सञ्चालन गर्न उच्चस्तरीय संयन्त्र गठन  गरेको छ ।

नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा बसेको बोर्डको बैठकले फोहोरमैला व्यवस्थापन परियोजनाको दस्तुर, मेट्रो रेल आयोजना सञ्चालनका लागि उच्चस्तरीय संयन्त्रको गठन गरेको हो । बैठकले योजना आयोगका भौतिक पूर्वाधार महाशाखा प्रमुख सञ्जयकुमार खनालको संयोजकत्वमा संयन्त्र गठन गरेको छ । यसले काठमाडौंमा सहज यात्राका लागि मेट्रो रेल कहाँ, कसरी गुडाउन सकिन्छ भन्ने अध्ययन गर्नेछ ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बोर्डको २५ औं बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाको बित्तीय व्यवस्थापन, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बित्तीय व्यवस्थापन, तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको विकासको मोडालिटी, परियोजना लगानी सम्झौता, तल्लो तटीय सिँचाई प्रभाव अध्ययन, लगानी प्रवद्र्धन सम्मेलन लगायत लगानी आयोजनाहरुमा छलफल गरेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले लगानीको वातावरणका लागि सरकार गम्भीर रहेको भन्दै आर्थिक समृद्धिका लागि प्राथमिकता तोकेर आयोजनाहरुमा लगानी आकर्षित गर्नुपर्ने बताए । लगानीको वातावरणका लागि नीतिगत र कानूनी अड्चन फुकाउन सरकारले आवश्यक निर्णय गर्ने बताउँदै उनले राजनीतिक विवादमा मात्रै नअल्झेर विकासका कामलाई प्राथमिकता दिने बताए ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, उद्योग मन्त्री नवीन्द्रराज जोशी, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, बन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मूख्य सचिव डा. सोमलाल सुवेदी लगायतको उपस्थिति थियो ।

बैठकमा लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले लगानी बोर्डको प्राथमिकतामा रहेका आयोजनाहरुको वस्तुगत अवस्था र लिनुपर्ने निर्णयका बारेमा प्रस्तुति राखेका थिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *