चिनियाँ पक्षबाट रसुवागढी नाकामा आवतजावतमा रोक

  •  
  •  
  •  
  •  
  •  

रसुवा, २४ पुस । चिनियाँ पक्षबाट रसुवागढी नाकामा आवतजावत रोक लगाएको छ । चिनियाँ पक्षले रोक लगाएसँगै नाकामा आइतबार बिहानदेखि गाडी आवतजावत बन्द गरिएको छ ।

चीनको केरूङतर्फको सडक निमार्णको क्रममा शनिबार बेलुका ब्लाष्टिङ गरेर पहोरो फुटाउन थालेपछि चिनिया पक्षले सो नाकामा गाडी आवतजावतमा रोक लगाएको हो ।

आवागमन रोकेपछि नेपालबाट चीन जान लागेका मालवाहक कन्टेनरहरु रसुवामै रोकिएका छ् । रोक लगाइएको गाडी आवतजावत सोमबारदेखि नियमित हुन सक्ने सम्भावना रहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *