शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । व्यवस्थापिका संसद्को बैठकले पूर्वसांसद मणिराम पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको संसद् बैठकले पूर्व सांसद् तथा साहित्यकार पोखरेलको निधनप्रति समवेदना पनि प्रकट गरेको छ । बैठकमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।

२०१५ सालमा कांग्रेसका तर्फबाट खोटाङ क्षेत्र नम्बर १६ निर्वाचित पोखरेलको यही पुस १८ गते ८७ वर्षको उमेरमा निधन भएको हो । शोक प्रस्ताव पारित गर्दै स्थगित बैडक आइतबारै अपरान्ह ३ बजे बस्नेछ । 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *