सरकारले विरोधको सामना गरेर विधेयक टेबल गर्ने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । पटक पटक भएका छलफलमा सहमति नजुटेपछि सरकारले विपक्षीको सामना गरेर भएपनि संविधान संशोधन विधेयक संसद्मा टेबुल गर्ने तयारी गरेको छ ।

आइतबारै भएका दलीय छलफल उपलब्धिमुलक बन्न सकेन् । प्रमुख तीन दलको बैठक र सभामुख ओनसरी घर्तीको आह्वानमा बसेको प्रमुख पाँच दल सहित कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले सो विधेयक फिर्ता लिन या कार्यसूचीबाट हटाए मात्रै संसद् चल्न दिने अडान लिएको थियो । तर, सत्तारुढ दलहरुले प्रक्रियामा जाने सहमति जनाउन एमालेलाई दबाब दिएका थिए ।

५ नम्बर प्रदेशको सीमांकन हेरफेरसहितको संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेसँगै एक महिनादेखि एमालेसहित विपक्षी नौ दलले ुदन अवरुद्ध गर्दै आएका छन् । उनीहरु सो विधेयक राष्ट्रघाती रहेको दाबी गर्दै आएका छन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.