संसद्‍मा विपक्षीको नाराबाजीकाबीच संशोधन विधेयक प्रस्तुत, सभामुखले तोडिन् अवरोध

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २४ पुुुस । नेकपा एमाले सहित विपक्षी दलहरु विरोध गरिरहँदा सभामुख ओनसरी घर्तीले संसद्को प्रक्रिया अघि बढाएकी छिन् ।

एक महिना भन्दा लामो समयदेखि रहेको अवरोध रहेको र बारम्बार भएका छलफलमा सहमति नजुटेपछि सभामुख ओनसरी घर्तीले एमालेसहित विपक्षी दलहरुको नाराबाजी भइरहँदा संसद्को प्रक्रिया अघि बढाएकी हुन् ।

आइतबारको संसद् बैठकमा विरोधकाबीच निर्वाचनसम्वन्धी दुई विधेयक र संविधान संशोधन विधेयक पेश भयो भने अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो ।

गएको मंसिर १४ गते ५ नम्बर प्रदेशको सीमांकन हेरफेर सहित संशोधन विधेयक संसद्मा एमालेलगायतका विपक्षी दलले संसद्मा अवरोध गर्दै आएका छन् ।

संविधान संशोधन रोक्न माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश नदिई रोक्न नमिल्ने तर संविधान विपरीत भए बदल गर्न सक्ने फैसला गरेको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *